अष्ट्रेलियामा बेपत्ता सुभाषको खोजविन गर्न राजदूतसँग आग्रह
काभ्रेपलाञ्चोक, साउन ३० गते । नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कसँग अष्ट्रेलियामा हराएका काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ का एक युवाको खोजविन गर्न आग्रह गरिएको छ ।
२७ वर्षीय सुभाष बोलखे सिड्नी सहरबाट १८ दिनदेखि परिवारसँग सम्पर्कविहीन छन् । पाँचखालका नगरप्रमुख महेश खरेलले सुभाषका बुवासहित परिवारका सदस्यसहित राजदूतसँग आज औपचारिक भेट गरी खोजविनका लागि आग्रह गरेका हुन् । सुभाषको पछिल्लो अवस्थाबारे जानकारी लिई खोजतलास गर्न राजदूतसँग विशेष आग्रह गरिएको नगरप्रमुख खरेलले बताए ।
“राजदूतले तत्काल जनशक्ति परिचालन गरी खोजविन गर्न लगाउने आश्वासन दिनुभएको छ, हामी आशावादी भएका छौँ”, उनले भने । बुवा सुदर्शन बोलखेकानुसार अध्ययनका लागि अष्ट्रेलिया गएका कान्छा छोरा सुभाष सिड्नी सहरमा नौ महिनादेखि एक्लै बस्दै आएकामा १८ दिनदेखि सम्पर्कविहीन छन् ।
राजदूतसँगको भेटपछि केही आशा पलाएको उनले सुनाए । नगरप्रमुख खरेलले राजदूतलाई सुभाषको कागजातसहित निवेदन दिएका छन् । बोलखे परिवारले पनि सुभाषको खोजविनमा सहयोग गर्न सिड्नीस्थित नेपाली तथा त्यहाँका निकायसँग आग्रह गर्दै आएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५