बुधबार, माघ ९, २०८१
04:41 | १०:२६

पेरिसपछि अब लसएन्जलसमा ओलम्पिक

नेपाली लिङ्क अगस्ट १३, २०२४

पेरिस । १६ दिनपछि आइतबार ३३ औं ग्रीष्मकालीन पेरिस ओलम्पिक खेल समापन भयो ।

विभिन्न स्पर्धापछि पेरिस ओलम्पिकमा अमेरिका ४० स्वर्ण, ४४ रजत र ४२ काँस्यसहित १२६ पदकसहित अङ्क तालिकामा शीर्ष स्थानमा रह्यो । पेरिस ओलम्पिकमा अमेरिका र चीनले समान ४० स्वर्ण जिते पनि रजत र कांस्यका आधारमा अमेरिका पहिलो स्थानमा रहेको हो ।

चीन, जापान, अस्ट्रेलिया, फ्रान्स, नेदरल्याण्ड्स, बेलायत, दक्षिण कोरिया, इटाली र जर्मनी क्रमशः शीर्ष १० स्थानमा रहे ।

दोस्रो स्थानमा रहेको चीनले ४० स्वर्ण, २७ रजत र २४ काँस्यसहित कुल ९१ पदक हात पार्यो भने जापानले २० स्वर्ण, १२ रजत र १३ काँस्य पदकसहित कुल ४५ पदक जित्दै पदक तालिकामा तेस्रो स्थान हासिल गरेको छ ।

त्यसैगरी, चौथो स्थानमा रहेको अस्ट्रेलियाले १८ स्वर्ण, १९ रजत र १६ काँस्यसहित ५३ पदक जित्यो भने पाँचौं स्थानमा फ्रान्सले १६ स्वर्ण, २६ रजत र २२ कास्यसहित कुल ६४ पदक जितेको छ ।

पदक तालिकामा छैटौँ स्थानमा रहेको नेदरल्याण्ड्सले १५ स्वर्ण, सात रजत र १२ काँस्यसहित कुल ३४ पदक जितेको छ भने बेलायतले १४ स्वर्ण, २२ रजत र २९ काँस्यसहित ६५ पदक जित्दै सातौँ स्थानमा रहन सफल भएको छ ।

आठौँ स्थानमा रहेको दक्षिण कोरियाले १३ स्वर्ण, नौ रजत र १० काँस्यसहित कुल ३२ पदक जितेको छ भने १२ स्वर्ण, १३ रजत र १५ काँस्यसहित कुल ४० पदक जित्दै इटाली नवौँ स्थानमा रह्यो । जर्मनी १२ स्वर्ण, १३ रजत र ८ काँस्यसहित कुल ३३ पदक जितेर शीर्ष दशमध्ये अन्तिम स्थानमा आउन सक्यो ।

अर्को संस्करणको ओलम्पिक अमेरिकाको लस एन्जलसमा सन् २०२८ मा हुनेछ । पारा ओलम्पिक भने यही अगष्ट २८ देखि सेप्टेम्बर ८ सम्म पेरिसमै आयोजना हुनेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू