मंगलबार, असोज १, २०८१
20:31 | ०१:१६

लाइभ दोहोरीमा चर्चित टीका सानु र सुमन परियार बेलायतमा

नेपाली लिङ्क अगस्ट १२, २०२४


लन्डन- लाइभ लोकदोहोरी क्षेत्रका चर्चित दुई कलाकार सांगीतिक प्रस्तुतिका लागि बेलायत आइपुगेका छन् ।

बेलायतस्थित सुनगाभा इन्टरटेनमेन्टको निमन्त्रणामा गायिका टीका सानु र गायक सुमन परियार आइतबार बेलायत आइपुगेका हुन् ।

बेलायतको बर्मिङहमस्थित विमानस्थलमा उत्रिएका उनीहरुलाई सुनगाभा इन्टरटेनमेन्टका निर्देशक लोकनाथ अधिकारी र नेपाली समाज नटिङहमका संस्थापक अध्यक्ष रणबहादुर खाती क्षेत्रीले स्वागत गरेका थिए ।

बेलायतमा रहंदा टीका र सुमनले सुनगाभा इन्टरटेनमेन्टले विभिन्न स्थानमा आयोजना गर्ने कार्यक्रमहरुमा प्रस्तुति दिनेछन्। उनीहरुको पहिलो प्रस्तुति भने सोमबार नटिङहममा हुंदै गरेको नेपाली मेलामा रहने भएको छ ।

पछिल्लो समय सुनगाभा इन्टरटेनमेन्टले नेपालका चर्चित कलाकारलाई बेलायतमा ल्याएर सांगीतिक कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।

अहिलेसम्म यो समूहले चर्चित कलाकारहरु राजु परियार, मेलिना राई, अस्मिता अधिकारी, एड्रियन प्रधानलगायतका कन्सर्टदेखि भोइस अफ नेपाल टीमको यूके सांगीतिक टुर पनि गरिसकेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू