प्रधानमन्त्री ओलीले मोदीलाई दिए नेपाल भ्रमणको निम्तो
काठमाडौं, साउन २७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन् ।
शिष्टाचार भेटका लागि आइतबार दुई दिने नेपाल भ्रमणमा आएका भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीमार्फत प्रधानमन्त्री ओलीले समकक्षी मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ । ।
सचिव मिस्रीले आइतबार प्रधानमन्त्री ओलीसंग सिंहदरबारमा शिष्टाचार भेटवार्ता गरेका थिए ।
भेटका अवसरमा दुई पक्षीय र मित्रवत सम्बन्धलाई अझै सुदृढ बनाउने बारेमा छलफल भएको जनाइएको छ । भेटमा परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साललगायत सहभागी थिए ।
मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेल, शीतल निवासमा, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई उनको निवास बुढानिलकण्ठमा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग निजी निवास खुमलटार पुगेर भेटवार्ता गरेका छन् ।
भेटवार्तामा उनीहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको तथा नेपाल–भारत सम्बन्ध र पारस्परिक हितकारी सहयोगलाई अगाडि बढाउने तथा थप सुदृढीकरण गर्ने विषयमा छलफल भएको जनाइएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५