पेरिस ओलम्पिकमा ४० स्वर्णसहित चीन शीर्ष स्थानमा
पेरिस, साउन २४ गते । आइतबार दिउसोसम्म विभिन्न स्पर्धापछि पेरिस ओलम्पिक खेलमा चीनले ४० स्वर्ण, २७ रजत र २४ काँस्य गरि ९१ पदकसहित अङ्क तालिकामा शीर्ष स्थानमा छ । अमेरिका, अष्ट्रेलिया, जापान, फ्रान्स, बेलायत, दक्षिण कोरिया, नेदरल्याण्ड, जर्मनी र इटाली क्रमशः शीर्ष १० स्थानमा छन् ।
दोस्रोमा अमेरिकाले ३८ स्वर्ण, ४४ रजत र ४३ काँस्यसहित कुल १२५ पदक हात पारेको छ भने अष्ट्रेलियाले १८ स्वर्ण, १९ रजत र १६ काँस्य पदकसहित कुल ५३ पदक जित्दै अहिलेसम्मको पदक तालिकामा तेस्रो स्थान हासिल गरेको छ ।
त्यसैगरी, चौथो स्थानमा रहेको जापानले २० स्वर्ण, १२ रजत र १३ काँस्यसहित ४५ पदक जितेको छ भने पाँचौं स्थानमा फ्रान्सले १६ स्वर्ण, २५ रजत र २२ काँस्यसहित कुल ६३ पदक जितेको छ ।
पदक तालिकामा छैटौँ स्थानमा रहेको बेलायतले १४ स्वर्ण, २२ रजत र २९ काँस्यसहित कुल ६५ पदक जितेको छ भने दक्षिण कोरिया १३ स्वर्ण, ९ रजत र १० काँस्यसहित ३२ पदक जित्दै सातौँ स्थानमा रहन सफल भएको छ ।
आठौँ स्थानमा रहेको नेदरल्यान्ड्सले १५ स्वर्ण, सात रजत र १२ काँस्यसहित कुल ३४ पदक जितेको छ भने इटाली १२ स्वर्ण, १३ रजत र १५ काँस्यसहित कुल ४० पदक जित्दै नवौँ स्थानमा छ ।
जर्मनी १२ स्वर्ण, १२ रजत र ८ काँस्यसहित कुल ३२ पदक जितेर शीर्ष दशमध्ये अन्तिम स्थानमा छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५