बिहीबार, माघ १०, २०८१
16:50 | २२:३५

गीलफोर्डमा नेपाली व्यवसायीले शुरु गरे इन्डियन रेष्टुरेन्ट

नेपाली लिङ्क अगस्ट ११, २०२४

लन्डन । नेपाली व्यवसायी प्रकाशचन्द्र भण्डारीले बेलायतको गीलफोर्ड सरेमा इन्डियन रेष्टुरेन्ट सञ्चालनमा ल्याएका छन् ।

२० वर्ष बढी समयदेखि गीलफोर्डमा आफ्नो बेग्लै पहिचान बनाएको अवार्ड वीनर रेड रोज रेष्टुरेन्टलाई भण्डारीले आफ्नो स्वामित्वमा ल्याएर ‘द न्यू रोज’ नामाकरण गरि व्यवसाय शुरु गरेका हुन् ।

गत ४ अगष्टमा स्थानीय गीलफोर्ड क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसद जो फ्रयांकलिनले ‘द न्यू रोज’ उद्घाटन गरिन् । रेष्टुरेन्ट उद्घाटन गर्दै फ्रयांकलिनले आफ्नो क्षेत्रमा स्थापित व्यवसायले रोजगारीसंगै स्वादिष्ट खाना पस्केकोमा खुशी पनि व्यक्त गरेकी थिइन् । उनले व्यवसायिक सफलताका लागि भण्डारीलाई शुभकामना दिइन् ।

सो अवसरमा गीलफोर्ड मेयर काउन्सिलर स्याली बार्कर एमबीइको पनि विशेष उपस्थिति थियो ।

व्यवसायी प्रकाशचन्द्र भण्डारी

करिब एकसय सिट क्षमताको उक्त रेष्टुरेन्टमा अथेन्टिक इन्डियन कुजिन उपलब्ध छन् । यहां फाइन डाइनको अद्भूत अनुभव लिन सकिने सञ्चालक भण्डारीकी सुपुत्री प्रकृति भण्डारीले बताइन् । यहां टेकवे व्यवस्था पनि छ ।

उद्घाटन समारोहमा लाइभ बलिउड क्लासिकल म्यूजिक (सितार-तबला) समेत राखिएको थियो । सहभागी ग्राहकहरुले स्वतस्फूर्त च्यारिटी समेत गरेका थिए । सञ्चालक भण्डारीले च्यारिटीबाट संकलित रकमबाट मानवसेवा आश्रम यूकेलाई एकलाख ७० हजार रुपैयां प्रदान गरेका छन् ।

मानवसेवा आश्रम यूके अध्यक्ष सुनिलबाबु खड्काले सहयोग प्रदान गरेकामा व्यवसायी भण्डारीप्रति आभार व्यक्त गर्दै उनलाई व्यवसायिक सफलताको शुभकामना पनि दिए । एनआरएनए यूके पूर्व अध्यक्ष तथा व्यवसायी समेत रहेका खड्काले बेलायतमा नेपालीको व्यवसाय बढ्नु खुशीको विषय भएको पनि बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू