बिहीबार, माघ १०, २०८१
16:54 | २२:३९

जीआरएनसीले ताइची र नेचर वाक गर्ने

नेपाली लिङ्क अगस्ट १०, २०२४


लन्डन । ग्रेटर रसमुर नेपाली कम्युनिटी (जीआरएनसी ) ले ताइची र नेचर वाक गर्ने तयारी गरेको छ ।

प्रत्येक शनिबार र मंगलबार बिहान ८ देखि १० बजेसम्म मुरपार्क, फार्नबोरो र आइतबार र बुधबार प्रिन्सेस गार्डेन अल्डरसटमा बिहान ८ बजे देखि १० बजेसम्म ताइची हुन लागेको हो । 

त्यसैगरि आइतबार १८ अगस्ट २०२४ मा बिहान ७:३० देखि ११:३० सम्म नेचर वाक (जंगलमा हिँड्ने) कार्यक्रम पनि राखिएको छ। 

ताइची प्रशिक्षक मन गुरुङका अनुसार, ताइचीले तन, मन र शरीरलाई तन्दुरुस्त र बलियो बनाउन मद्दत गर्दछ । 

गुरुङ विगत १२ वर्षदेखि युनिअन अफ ग्रेट ब्रिटेनको ताइची प्रशिक्षक सदस्य हुन् । 

नेचर वाकले शारीरिक र मानसिक स्वास्थ्य लाभहरू हुन सक्छ ।  

जंगलमा हिँड्दा पन्च तत्वसंग मिलन हुने, तनाव कम गर्न र मुड सुधार गर्न मद्दत गर्ने, आधुनिक जीवनका चुनौतीहरू व्यवस्थापन गर्न सकारात्मक बाटो प्रदान गर्ने, निद्रामा सुधार, रचनात्मकता र एकाग्रता बढाउने आदि फाइदा हुने विश्वास गरिन्छ । 

नेचर वाकका लागि अन्तरराष्ट्रिय प्रशिक्षक इन्द्र गुरुङ, राजी श्रेष्ठ र मन गुरुङले नेतृत्व गर्ने छन् ।

दुवै कार्यक्रम निशुल्क हुनेछन् तर नाम दर्ता गर्नुपर्ने छ ।  

उक्त कार्यक्रमका लागि नेशनल लोटरी फण्डको सहयोग रहने छ ।  

ग्रेटर रसमुर नेपाली कम्युनिटी अध्यक्ष तथा प्रशिक्षक मन गुरुङले इच्छुक स्थानीय नेपालीलाई सहभागिताका लागि आव्हान गरेका छन् । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू