बुधबार, भदौ २६, २०८१
12:27 | १७:१२

बेलायतका नेपाली निर्देशकले बनाए हलिउडस्तरको फिल्म, अब पालो प्रदर्शनको

रेडिङमा फेरि प्रदर्शन हुंदै 'उडल्याण्ड'

नेपाली लिङ्क अगस्ट ९, २०२४


लन्डन– बेलायतमा निर्मित नेपाली चलचित्र ‘उडल्याण्ड’ को प्रदर्शन यात्रा शुरु भएको छ ।

गत २० जुलाईमा रेडिङस्थित पेभिलियन हलमा प्रिमियर शो भएको उक्त चलचित्र आउंदो सेप्टेम्बर ८ आइतबार रेडिङकै क्वीन्स् वाकस्थित बिस्कुट फ्याक्ट्रीमा प्रदर्शन गरिने भएको हो ।

प्रिमियर शोमा दर्शकको उच्च मागका कारण अर्को शो पनि रेडिङमा नै गर्न लागिएको निर्माण पक्षले जनाएको छ ।

बेलायत रेडिङ निवासी फिल्म निर्देशक तथा निर्माता प्रेम लामा (प्रवल सोनाम घिसिङ) ले 
आफ्नो पांचौं चलचित्र ‘उडल्याण्ड’ प्रदर्शन आक्रामक तरिकाले गर्न लागेको जनाए ।

नेपाली र अंग्रेजी दुवै भाषामा बनेको उक्त फिल्म हलिउड लेभलकै भएको जनाउंदै निर्देशक लामाले अवलोकनका लागि सबैमा अपिल गरेका छन्।

‘यो फिल्म केवल फिल्ममात्र छैन् । यसको कथा, प्राविधिक पक्ष र कलाकारको उत्कृष्ट समिश्रणले फिल्म विशेष बनेको छ’, निर्देशक लामाले भने ।

प्रेमिस भिजन यूकेको प्रस्तुति ‘उडल्याण्ड’ मा निर्मातादेखि प्राविधिक र २४ जना कलाकार बेलायतकै हुन् । फिल्म निर्देशन, कथा र कन्सेप्ट भने लामाको छ ।

करिब ४ महिना लगाएर बेलायतमै सम्पूर्ण छायांकन र सम्पादनपछि तयार भएको फिल्म अब बेलायतभर देखाइने लामाले बताए ।

रेडिङपछि बेलायतका वेम्बली, फेल्थाम, अल्डरसट, वीन्चेष्टर, प्लमस्टिड, ग्रेज, आसफोर्ड, टनब्रीज, बेजिङस्टोक, स्वीन्डन, अक्सफोर्ड, ग्लास्गो, डर्बी, डंकास्टर, ननिटनलगायत शहरमा चलचित्र देखाउने योजना निर्माण पक्षको छ ।

‘उडल्यान्ड’ लाई अन्तर्राष्ट्रिय मञ्चहरुमा पनि देखाउने लक्ष्य लामाको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू