नोबेल पुरस्कार विजेता युनुसको नेतृत्वमा बंगलादेशमा अन्तरिम सरकार


ढाका, साउन २४ गते । नोबेल पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा बङ्ग्लादेशमा अन्तरिम सरकार गठन गरिएको छ।
प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छोडेपछि आन्दोलनकारी विद्यार्थीहरूको मागबमोजिम ८४ वर्षीय प्राध्यापक युनुसलाई अन्तरिम सरकारको प्रमुख नियुक्त गरिएको हो । उनले राष्ट्रपतिबाट बिहीवार राति अन्तरिम सरकारको प्रमुख सल्लाहकारको शपथ लिएका छन्।
उनको मन्त्रिपरिषद्मा १६ जना सदस्य हुनेछन्। त्यसमध्ये ढाकाबाहिर रहेका बाहेकको शपथग्रहण गराइएको थियो।
सेनाको समर्थनमा अस्थायी रूपमा सत्ताको नेतृत्व गर्ने जिम्मेवारी पाएका उनको काँधमा देशमा स्थिरता कायम गर्ने चुनौती छ।
ग्रामीण लघुकर्जामार्फत् गरिबहरूको जीवनस्तर उकास्न भूमिका खेलेकोमा संसारले प्रशंसा गरेका यी अर्थशास्त्रीलाई विगतको निरङ्कुश सरकारले राजनीतिक शत्रु करार गरेको थियो।
युनुस बिहीवार नै स्वदेश फर्किएका थिए र लगत्तै उनले “गर्नुपर्ने काम धेरै भएको” टिप्पणी गरेका थिए। “जनताहरू उत्साहित छन्,” फ्रान्सबाट ढाका पुगेको केही क्षणपछि युनुसले बीबीसीसँग भनेका थिए । बीबीसी नेपाली
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५