सोमबार, फागुन १२, २०८१
नेपाललाई बेलायतको १३ अर्ब आठ करोड अनुदान


नेपाली लिङ्क
अगस्ट ८, २०२४
लण्डन —बेलायतले नेपाललाई लैंगिक तथा मानव विकास उपलब्धि र वातावरण अनुकूलन तथा समावेशीसम्बन्धी कार्यक्रमअन्तर्गत १३ अर्ब आठ करोड रुपैयाँ अनुदान दिने भएको छ ।
मन्त्रिपरिषद् बैठकले बेलायतबाट प्राप्त हुने लैंगिक तथा मानव विकास उपलब्धिलाई बढावा दिनेसम्बन्धी कार्यक्रमका लागि ३८ दशमलव पाँच मिलियन पाउन्ड (करिब छ अर्ब ५८ करोड) र वातावरण अनुकूलन तथा समावेशीसम्बन्धी कार्यक्रमका लागि ३८ दशमलव पाँच मिलियन पाउन्ड (करिब छ अर्ब ५० करोड) अनुदान सहायता स्वीकार्ने निर्णय गरेको छ ।
बेलायत नेपालको प्रमुख विकास साझेदार हो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५