राजीनामा दिएर देश छोडिन् बंगलादेशकी प्रधानमन्त्री हसिना



बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना । तस्विर- एएफपी
काठमाडौँ- देशमा सल्किएको विद्यार्थी आन्दोलनको आगो ननिभेपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छन् ।
सोमबार राजीनामा दिएसँगै उनले देश छोडेर भारत पुगेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
आर्मी हेलिकोप्टरमार्फत् नयाँ दिल्लीनजिकको विमानस्थलमा अवतरण गरेकी उनी अन्त्तत: बेलायत आउने चर्चा रहेको बीबीसीले उल्लेख गरेको छ ।
आरक्षण व्यवस्थाविरुद्ध विगत एक महिनादेखि चर्किएको विद्यार्थी आन्दोलन व्यापक बन्दै गएपछि डेढ दशकभन्दा लामो समयसम्म शासन गरेकी प्रधानमन्त्री हसिना सत्ता छोड्न बाध्य बनेकी हुन् । यो आन्दोलनका क्रममा तीन सय जनाले ज्यान गुमाएका छन् ।
आरक्षणको विरोध गर्दै शुरु भएको आन्दोलनको एजेण्डा बिस्तारै हसिनाकै राजीनामामा केन्द्रित भएको थियो ।
प्रधानमन्त्रीले राजीनामा गरेर देश छोडेसंगै बंगलादेशका सेना प्रमुख वाकर–उज–जमानले सोमबार देशवासीका नाममा सम्बोधन गरेका छन् ।
उनले राष्ट्रिय टेलिभिजनमार्फत् गरेको सम्बोधनमा अब सबै राजनीतिक दल समेटेर एक अन्तरिम सरकार गठन गरिने घोषणा गरेका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५