बुधबार, पुष २४, २०८१
03:12 | ०८:५७

बेल्जियमका नेपाली बालबालिकाले कोरे नेपाल झल्काउने चित्र

नेपाली लिङ्क अगस्ट ४, २०२४

लन्डन । बेल्जियमका स-साना नेपाली बालबालिका आइतबार कतै पार्कमा थिएनन् । न उनीहरु आमाबाबुका साथ हाइ स्ट्रिटतिर म्याक खान पिरोल्दै थिए । बरु, उनीहरु एउटा कला उतार्न व्यस्त रहे लुभेन नजिक केसेल लोमा ।

एउटा च्यारिटी संस्था हाम्रो परिवार युथ क्लवले आयोजना गरेको फेस पेन्टिङ वर्कसपमा २५ बालबालिका सहभागी भए । आफ्नो आमाबाबुका साथ वर्कसपमा आएका ति बालबालिकामध्ये कतिपयले हातमा नेपाल चित्र कोरे, कतिले अनुहारमा अनेक आकृति झल्कने चित्र बनाए ।

‘उनीहरु धेरै खुशी थिए, तिनका अभिभावकहरुको पनि उत्साहजनक सहभागिता देखेर म दंग भएं’, एनआरएनए बेल्जियमकी महासचिव रुबिना शर्माले जनाइन् ।

रुबिनाले नै ति बालबालिका जुटाएकी थिइन् । उनले बेल्जियमस्थित नेपाली बालबालिकालाई प्रत्येक साता नेपाली भाषा कक्षा पनि लिंदै आएकी छन् ।

‘हामी बालबालिका र युवाहरुका लागि विभिन्न अवसर सिर्जना गर्न कटिवद्ध छौं । नेपाली सांस्कृतिक परम्पराको जगेर्ना, समावेशीता एवं एकता प्रवर्धन गर्ने हाम्रो संस्थाको उद्देश्य पनि हो’, हाम्रो परिवारका अध्यक्ष सरोज आचार्यले भने ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू