बुधबार, चैत १९, २०८१
आश्मा बनिन् मिस नेपाल–२०२४


नेपाली लिङ्क
अगस्ट ३, २०२४
काठमाडौं- मिस नेपाल–२०२४ को उपाधि आश्माकुमारी केसीले चुमेकी छन्।
शनिबार काठमाडौं आयोजित ग्रान्ड फिनालेमा केसी मिस नेपाल भएकी हुन्।
हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको ३० औं संस्करणमा २५ सुन्दरीलाई पछि पार्दै आश्माले ‘मिस नेपाल वर्ल्ड’ को उपाधि जितेकी हुन् ।
उनलाई पूर्वमिस नेपाल श्रीच्छा प्रधानले ताज लगाइदिएकी थिइन्।
‘म असाध्यै उत्साहित र खुशी छु । मेरो धेरै संघर्षको फल आज प्राप्त गरेको छु’- उनले भनिन् ।
उता, मिस नेपाल अर्थको उपाधि सुमना केसी र मिस नेपाल इन्टरनेशनलको ताज करुणा रावतले पाए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)
मार्च १५, २०२५
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५