मंगलबार, पुष ९, २०८१
22:18
|
०४:०३
ओली क्याबिनेटमा थपिए तीन राज्यमन्त्री, मन्त्रिपरिषद् अब २५ सदस्यीय
नेपाली लिङ्क
अगस्ट २, २०२४
काठमाडौँ, साउन १८ गते । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नवनियुक्त तीन राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा शुक्रबार आयोजित समारोहमा प्रधानमन्त्रीसमक्ष तीन राज्यमन्त्रीले शपथ लिएका हुन् ।
शपथ लिनेमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरी, वन तथा वातावरण राज्यमन्त्री रुपा बिक र ऊर्जा, जलस्रोत र सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ छन् ।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्री ओलीको सिफारिसमा तीन राज्यमन्त्री नियुक्त गरेका थिए ।
योसँगै २५ सदस्यीय मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । प्रधानमन्त्री ओली गत असार ३० गते नियुक्त भएका थिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५