बिहीबार, माघ १०, २०८१
16:46 | २२:३१

पत्रकारहरुलाई सम्मान गर्दै आदिवासी जनजाति महासंघ यूके

नेपाली लिङ्क अगस्ट २, २०२४

लन्डन । नेपाल आदिवासी जनजाति महासंघ यूकेले नेपाल पत्रकार महासंघ यूकेको नवनिर्वाचित कार्यसमितिलाई शुभकामनाकासाथ बधाई तथा सम्मान गर्ने भएको छ ।

आगामी अगष्ट ४ आइतबार ३०औं विश्व आदिवासी दिवसका अवसरमा नयां कार्यसमितिलाई सम्मान गर्न लागिएको महासंघका अध्यक्ष रि. मेजर योगेश कोयु राईले जानकारी दिए ।

गत जुलाई १४ मा भएको नेपाल पत्रकार महासंघको छैठौ अधिवेशनले विमला सेनेको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ । 

जनजाति महासंघले यो वर्ष भने नजिकको सप्ताहन्त पारेर “देश तथा विदेश जहां रहेपनि हाम्रो पहिचान, प्रतिनिधित्व र समावेशीताको आवाज उठाउँ, हाम्रो भाषा, धर्म, संस्कृति र अधिकारको लागि विश्वव्यापी जागरण अभियान गरौं” भन्ने नाराका साथ अल्डरसटको द प्यालेसमा दिउसो १२ देखि दिवस मनाउने भएको छ ।

आयोजकका रुपमा नेपाल आदिवासी जनजाति महिला महासंघ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ, नेपाल आदिवासी जनजाति युवा महासंघ र आदिवासी जनजाति साहित्यकार/लेखक महासंघ समेत छन् । हरेक वर्ष विश्वभर अगष्ट ९ मा विश्व अदिवासी दिवस मनाइन्छ ।

यस वर्ष संयुक्त राष्ट्रसंघले “Protecting the Rights of Indigenous Peoples in Voluntary Isolation and Initial Contact” मूल अन्तर्राष्ट्रिय नारा तय गरेको छ ।

जातिय संस्थाहरुको छाता संगठनको रुपमा रहेको नेपाल आदिवासी जनजाति महासंघमा बेलायतस्थित १४ वटा जातिय संस्था आवद्ध छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू