बैंक अफ इंग्ल्यान्डले कोभिडपछि पहिलोपटक घटायो ब्याजदर



फाइल तस्विर: बैंक अफ इंग्ल्यान्ड
लन्डन- कोभिडपछि पहिलोपटक बैंक अफ इंग्ल्यान्डले ‘इन्ट्रेस्ट रेट’ (ब्याजको आधार दर) घटाएको छ ।
बैंकले विहिबार यसअघिको ५ दशमलव २५ प्रतिशतमा शून्य दशमलव २५ प्रतिशत घटाउँदै नयाँ दर ५ प्रतिशत निर्धारण गरेको हो ।
बेलायतमा सन् २०२० मार्चमा कोभिड महामारी शुरु भएयता बैंक अफ इंग्ल्यान्डले पहिलोपटक दर घटाएको हो । यसअघि बेलायतमा ब्याजदर पछिल्लो १६ वर्षकै उच्च रेकर्ड भएको थियो ।
चार वर्षमा पहिलोपटक दर घटाउंदै गर्दा बैंकले निकट भविष्यमा यो दरमा अरु धेरै गिरावटको अपेक्षा भने नराख्न सर्वसाधारणलाई चेतावनी दिएको छ ।
बैंक इफ इंग्ल्यान्डका प्रमुख एन्ड्यू बेलीले न्यून मुद्रास्फिति कायम रहन महत्वपूर्ण रहने भन्दै ‘इन्ट्रेस्ट रेट’ घटाउन धेरै हतार गर्नु उचित नरहने धारणा व्यक्त गरेका छन् ।
बैंक अफ इंग्ल्यान्डले तय गर्ने ‘ब्याजदर’ ले यहाँका बैंकहरुले मोर्गेज, क्रेडिट कार्ड लगायत माध्यमबाट प्रदान गर्ने ऋणका साथै बचतकर्ताहरुले बैंकमा गर्ने वचतको ब्याजदर निर्धारण गर्ने गर्छ ।
‘इन्ट्रेस्ट रेट’ कटौतिले स्भावतः उपभोक्तालाई राहत दिलाउनेछ । नयाँ परिवर्तनसंगै भेरिएवल रेटका मोर्गेजवाहकले बुझाउनुपर्ने ब्याजबापतको रकम तत्काल न्यून हुनेछ ।
तर, कुनै अवधिका लागि फिक्स्ड रेटमा मोर्गेज डिल गर्नेहरुलाई भने तत्काल कुनै फरक पर्ने छैन ।
बैंक अफ इंग्ल्यान्डले ‘इन्ट्रेस्ट रेट’ घटाउने आँकलनहरुबीच यहाँका कतिपय बैंकहरुले केही घटाइएको दरमा मोर्गेज अफर गर्न शुरु गरिसकेका थिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५