मंगलबार, पुष ९, २०८१
23:52 | ०५:३७

मन्त्रिपरिषद् बैठकमा भए यी ८ निर्णय

रासस जुलाइ ३१, २०२४

फाइल तस्विर

काठमाडौँ- सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।

मन्त्री गुरुङले मित्र राष्ट्रहरू चीन, अष्ट्रेलिया, रुसी महासंघ, दक्षिण अफ्रिका र श्रीलङ्कामा कार्यरत नेपाली आवासीय राजदूतहरूलाई सो पदको जिम्मेवारीबाट मुक्त गरी भदौ १५ गतेभित्र नेपाल फर्किसक्ने गरी फिर्ता बोलाउने निर्णय भएको जानकारी दिए ।

यसैगरी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गतका कार्यालय र कार्यक्रमहरूको लागि आव २०८१–८२ का लागि आवश्यक राजपत्राङ्कित तृतीय श्रेणी वा सो सरहका ११ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय बैठकले गरेको छ ।

यसका साथै बैठकले जम्मा ८ वटा निर्णय गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू