मंगलबार, पुष ९, २०८१
00:03
|
०५:४८
तीन प्रदेशका प्रमुख नियुक्त
रासस
जुलाइ ३१, २०२४
काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को यही साउन १४ गतेको बैठकको निर्णय एवम् सिफारिसमा विभिन्न तीन प्रदेशका प्रदेश प्रमुख नियुक्त गरेका छन्।
उनले नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम बागमती प्रदेशमा दीपकप्रसाद देवकोटा, लुम्बिनी प्रदेशमा कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेशमा यज्ञराज जोशीलाई प्रदेश प्रमुखमा आज नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
नयाँ गठवन्धन निर्माण भएर संघ तथा प्रदेशमा सत्ता परिवर्तन भएसंगै प्रदेश प्रमुखहरु पनि परिवर्तन भएका हुन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५