बिहीबार, माघ १०, २०८१
16:47 | २२:३२

क्याट यूकेको च्यारिटी नाइटमा एकसय बढी नेपाली आगोमा हिंडे

नेपाली लिङ्क जुलाइ ३०, २०२४

अध्यक्ष कृष्ण तिवारी आगोमा हिंडेर उद्घाटन गरेका थिए

लन्डन । बेलायतमा दर्ता भएको एक च्यारिटी संस्था चितवन एड ट्रष्ट यूके (क्याट यूके) ले पृथक शैलीमा च्यारिटी डिनर गरेको छ ।

चितवनका असहाय बालबालिकाको सहयोगार्थ कोष अभिवृद्धि गर्न २८ जुलाई साँझ ब्लु रुम स्पोर्टस् भेन्यू ह्यारोमा फायर वाक (आगोमा हिंड्ने) सहित च्यारिटी डिनर भएको हो ।

फायर वाकमा एकसय बढीले उत्साहजनक सहभागिता जनाए । ९३ जना रजिष्टर्ड भएपनि पछि आगोमा हिंड्ने नेपालीको संख्या एकसय बढी पुगेको क्याट यूके अध्यक्ष कृष्ण तिवारीले जनाए । ९३ जना रजिष्टर्ड भएका सहभागीलाई संस्थाले प्रमाणपत्र समेत प्रदान गरेको छ ।

४१५ जना सहभागी उक्त च्यारिटीबाट १५ हजार पाउण्ड संकलन भएको अध्यक्ष तिवारीले जानकारी दिए । संकलित रकमबाट खर्च कटाएर बांकी नेपाल पठाइने क्याट यूके अध्यक्ष तिवारीले जनाए । उनले कार्यक्रममा आर्थिक तथा भौतिक सहयोग गर्ने समस्त दाता र अतिथीहरुप्रति आभार समेत व्यक्त गरे ।

फायर वाक अगाडि फायर वाक इन्सट्रक्टर ब्रायनले यसको फाइदा र प्रक्रियाबारे अवगत गराएका थिए ।

औपचारिक कार्यक्रममा प्रमुख अतिथी लन्डनस्थित नेपाली दूतावासकी कार्यवहाक राजदूत रोशन खनालले मन्तव्य व्यक्त गर्दै क्याट यूकेको सामाजिक कार्य प्रशंसनीय रहेको जनाइन् ।

ट्रष्टी यादव श्रेष्ठले क्याट यूकेका गतिविधिबारे जानकारी दिएका थिए । कार्यक्रम संयोजक कृष्ण गुरुङले फायर वाक यूके कम्पनीको सहकार्यमा इभेन्ट भएको र यो सशक्तिकरण, सकारात्मक सोच, आत्मविश्वास र दिमागको शक्ति वृद्धि गर्ने सवालमा महत्वपूर्ण रहेको बताए ।


सो अवसरमा संस्थाले आफ्ना संस्थापक अध्यक्ष कपिल श्रेष्ठ र संस्थापक महासचिव लोक गुरुङ एवं काउन्सिलर धनबहादुर सार्की र इनास यूके अध्यक्ष सञ्जय कंडेललाई विशेष सम्मान गरयो ।

उक्त कार्यक्रममा नेपालबाट आएका गायक गायिकाहरु मिलन लामा, राजन गुरुङ, तिलक 
गुरुङ, सुशीला गौतम र वसन्त लम्सालले गायन प्रस्तुत गरेका थिए भने अस्मिता राना मगर, हेबिना सेढाईं, स्मारिका न्यौपाने, बिनु लामिछाने, रेश्मा मैनाली, सुरक्षा पंगेनी, मन्जु शाह लगायतले आकर्षक नृत्य देखाए ।

सांस्कृतिक कार्यक्रम आयोजक समितिका एक सदस्य हेमन्त सेढाईंले सांस्कृतिक कार्यक्रम सञ्चालन गरेका थिए ।








तस्विर- शिव भण्डारी

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू