बिहीबार, माघ १०, २०८१
17:04 | २२:४९

धादिङ नुवाकोट समाज यूकेको १७ औं वार्षिक समर भेटघाट उल्लासमय

नेपाली लिङ्क जुलाइ २९, २०२४

लन्डन । धादिङ–नुवाकोट समाज यूकेले विगत वर्षहरु जस्तै यसपटक पनि विविध कार्यक्रम गरी १७ औं वार्षिक समर भेटघाट सम्पन्न गरेको छ ।

गत २७ जुलाई शनिबार लन्डन फेल्थाममा आयोजित उक्त समर भेटघाट अन्तर्गत बिहान फुटबल प्रतियोगिता र सांझ सांस्कृतिक प्रस्तुति एवं सम्मान कार्यक्रम गरिएको हो ।

फेल्थाम सामुदायिक कलेज मैदानमा बिहान ९ देखि १२ बजेसम्म चौंथो डीएनएस युथ तथा भेट्रान फुटबल प्रतियोगिता भएको थियो ।

नन भेट्रान र भेट्रान गरि ८ टिम सहभागी उक्त प्रतियोगितामा धागर्चोक टाइगर्स प्रथम, ह्योल्मो समाज यूके दोस्रो र नेपलिज ब्रदर्स फेल्थाम तृतीय भए ।

विजयी टिमलाई पहिलो पुरस्कार ३०० पाउन्ड, दोस्रो पुरस्कार २०० पाउन्ड र भेट्रान विजेतालाई १०० पाउन्ड नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको समाजका अध्यक्ष धन तामाङले जनाए । संस्थाका आइटी मास्टर थमु गुरुङले खेल संयोजन गरेका थिए ।

दोस्रो चरणको सांस्कृतिक तथा सम्मान कार्यक्रम सोही दिन दिउसो ३ बजे शुरु भएको थियो ।

संस्थाका महासचिव बुद्धि तामाङले सञ्चालन गरेको औपचारिक कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष धन तामाङले गरेका थिए । प्रमुख अतिथि एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले दीप प्रज्ववलन गरि कार्यक्रम उद्घाटन गरेका थिए ।

सो अवसरमा विभिन्न विश्वविद्यालयबाट ग्रयाजुएट भएका विद्यार्थी, आजीवन सदस्यहरु, दाता एवं कलाकारहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा हानवर्थ पार्क हन्स्लो काउन्सिलर विष्णु गुरुङ र श्रीमती सीता गुरुङ, धादिङ अन्तर्राष्ट्रिय समाजका अध्यक्ष राजन खकुराल, म्हेन्दो माया परिवार यूके अध्यक्ष हरिसिंह वाइबा, तमु समाज यूके अध्यक्ष विन्दु घले, गुल्मी जिल्ला समाज यूकेका अध्यक्ष रुद्र थापामगर, तामाङ सोसाइटी यूके उपाध्यक्ष विमला मोक्तान, समाजका सल्लाहकारहरू नारायण गुरुङ, राम गुरुङ, नरबहादुर घले, घले समाज यूकेका अध्यक्ष मेजर रिटायर्ड विष्णु घले, गोपीमान प्रधान, याम घले, तुल तामाङ, कमनसिंह वाइबा लगायतको विशेष आतिथ्य थियो ।

औपचारिक कार्यक्रम सकिए लगत्तै तेस्रो चरणमा साँझ साढे ६ बजेबाट मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम शुरु भएको थियो जसलाई कृष्ण पाख्रिनले सञ्चालन गरेका थिए ।

सांस्कृतिक कार्यक्रममा राष्ट्रिय कलाकारहरु गायिका मनमाया वाइबा, लक्ष्मी खड्का, कुमार योञ्जन तथा मोडल डान्सर लक्ष्मी गुरुङ लगायत कलाकारले आफ्नो जोडदार परफर्मेन्समार्फत दर्शकलाई मनोरञ्जन दिलाए ।

साँझ ८ः४० बजे राफल ड्र सुरु भएको थियो । राफल ड्र 
तुलमाया तामाङले सञ्चालन गरेकी थिइन् ।

राफल ड्रको पहिलो पुरस्कार आधा तोला सुनको तिलहरी दिदीबहिनी शर्मिला र कोहिनूर मम्बाले पाए भने दोस्रो पुरस्कार सुनको सिक्री हन्स्लो काउन्सिलर तथा पूर्व मेयर विष्णुबहादुर गुरुङ र तेश्रो पुरस्कार विपना थापाले जिते ।

राफल ड्रका लागि प्रथम पुस्कार बुद्ध कन्सट्रक्सनका पेम्बा वाइबा तथा दोस्रो पुरस्कार अल्डरसटस्थित लामा ज्वेलर्सका दीपेश लामाले प्रायोजना गरेका थिए भने तेस्रो पुरस्कार जयश्री कृष्ण ज्वेलर्स साउथ ह्यारोले गरेको थियो ।

उक्त कार्यक्रममा करिब साढे तीनसय मानिस सहभागी थिए ।

तस्विर- मिलन तमु /गोर्खा मिडिया

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू