शुक्रबार, माघ ११, २०८१
20:23 | ०२:०८

राष्ट्रिय कलाकारकासाथ क्षेत्री समाज यूकेको १७ औं वार्षिक भेला भव्य

नेपाली लिङ्क जुलाइ २८, २०२४


लन्डन । क्षेत्री समाज यूकेले आफनो १७ औं वार्षिक भेला भव्य रुपमा आयोजना गरेको छ ।

अल्डरसटस्थित एम्पायर हलमा शनिबार आयोजित भेलामा उच्च शिक्षा हासिल गरेका विद्यार्थीहरु, आजीवन सदस्यता लिएका सदस्यहरु, सहयोगी एवं सगरमाथा आरोहण गरेका जोर्डन क्षेत्री, ग्रिनीच मेयर जित रानाभाट लगायतलाई सम्मान गरियो ।

समाजकी अध्यक्ष श्रद्धा थापाले एकता, आत्मीयता र आपसी सद्भावना प्रगाढ बनाउने उद्देश्यले कार्यक्रम गरिएको जनाउंदै सहयोगी सबैलाई धन्यवाद दिइन् ।

कार्यक्रमका प्रमुख अतिथी बेजिङस्टोक मल्टीकल्चरल एण्ड इथ्नीक फोरमका अध्यक्ष शिवजी श्रेष्ठले प्रवासमा सबै जातजाती मिलेर आ-आफनो भाषा, कला, संस्कृति, पहिचान, रहनसहन बचाउनु पर्ने र त्यसमा समाज क्रियाशिल भइरहेको बताए ।

सेन्ट्रल लन्डनमा चिनियाहरुले चाइना टाउन बनाएजस्तै अल्डरसटमा गोर्खा टाउन बनाउन नेपाली समुदायलाई सुझाए ।

मन्तव्यका क्रममा विशेष अतिथी क्षेत्री प्रतिष्ठान नेपालकी सदस्य मन्जु खड्काले आफ्नो पहिचान जिवित राख्न समाजले बेलायतमा सबैलाई एकीकृत गरेको भन्दै प्रशंसा गरिन् ।


दोश्रो चरणमा सांस्कृतिक कार्यक्रम भएको थियो। सांस्कृतिक कार्यक्रम सन्तोषी कार्कीले सञ्चालन गरेकी थिइन् ।

कार्यक्रममा नेपालबाट आएका राष्ट्रिय कलाकारहरु सुशीला गौतम, सृजना खत्री र चोलेन्द्र पौडेलले विभिन्न गीत प्रस्तुत गरेर मनोरञ्जन दिलाए ।

दोश्रोपटक बेलायत भ्रमणमा आएकी गायिका सुशीला गौतमले पन्चेबाजा, मायालुले दिएको सारी लगायत गीत गाएर दर्शकको मन जितिन् । हाउडे माया गाउने गायिका सृजना क्षेत्रीले हे आमा जाउं भन्यो मलाई, हावा चिसो चिसो, मोहनी लाग्ला है, झम्के फुलीसहित अन्य कयौं गीत गाइन् । गायक चोलेन्द्र पौडेलले पनि पन्चेबाजासहित विभिन्न लोकगीत गाएका थिए ।

सो अवसरमा स्थानीय कलाकार बबिता कुंवर र अदिती अधिकारीले स्वागत नृत्य देखाएका थिए । माया खड्का, रचना क्षेत्री लगायतले पनि नाच प्रस्तुत गरे ।

कार्यक्रममा टेक जिसीले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रम संयोजक मेजर चक्रबहादुर खत्रीले भेला उद्देश्यबारे प्रकाश पार्दै सहयोगी सबैप्रति कृतज्ञता व्यक्त गरे ।

सो अवसरमा आकर्षक पुरस्कारसहित ‘राफल ड्र’ पनि गरिएको थियो ।


प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू