बेलायतका लागि नेपाली राजदूत एमालेको भागमा



लन्डनस्थित नेपाली दूतावास भवन । तस्विर- नेपाली लिंक
लन्डन- बेलायतका लागि नेपाली राजदूत नियुक्तिको भागवण्डा एमालेलाई परेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरूले राजदूत नियुक्तिको भागवण्डा मिलाएका हुन् ।
सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको राजदूत भागवण्डा अनुसार एमालेबाट अमेरिका, चीन, बेलायत र रुसका लागि राजदूत नियुक्ति हुनेछन्।
यसैगरी अर्को सत्ता साझेदार पार्टी कांग्रेसले भारत, अस्ट्रेलिया, जापान र साउदी अरबको राजदूत लिने सहमति भएको बताइएको छ ।
कांग्रेस र एमाले मिलेर सरकार बनेपछि माओवादी, नेकपा एसको कोटाबाट नियुक्ति भएका राजदूतलाई फिर्ता बोलाएर नयाँ राजदूत नियुक्तिको प्रक्रिया अघि बढेको हो ।
यसअघि एमालेको समर्थनमा प्रचण्ड प्रधानमन्त्री हुँदा बेलायतसहित ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेपछि बेलायतका राजदूत ज्ञानचन्द्र आचार्य नेपाल फर्किसकेका छन् ।
राजदूतविहीन बनेको लन्डन दूतावासमा उपनियोग प्रमुख रोशन खनालले कार्यवाहक राजदूतको जिम्मेवारी सम्हाल्दै आएकी छन् ।
यसअघि नेपाल सरकार मन्त्रिपरिषद बैठकले बेलायतका लागि नेपाली राजदूतमा डा. विजन पन्तलाई सिफारिस गर्ने निर्णय गरेपनि राजनैतिक उथलपुथलका कारण उक्त प्रक्रिया अघि बढेको थिएन ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५