प्रवासी मन्च अष्ट्रियाले विभिन्न रचनात्मक काम गर्ने


अष्ट्रिया । प्रवासी नेपाली मन्च राष्ट्रिय कमिटी अष्ट्रियाले विभिन्न रचनात्मक काम गर्ने निर्णय गरेको छ ।
अध्यक्ष बाबा राजेश्वरी थापाको अध्यक्षतामा बसेको प्रथम पूर्ण बैठकले सो निर्णय गरेको हो ।
बैठकले सचिवालयको दैनिक काम सम्पादन गर्न पदाधिकारीहरु रहेको सचिवालय गठन गर्नुका साथै बैठक प्रत्येक ३ महिनामा नियमित गर्ने र दुईवटा भौतिक बैठक पश्चात एक भर्चुअल बैठक समेत बस्ने निर्णय गरेको छ ।
बैठकले सदस्यता संख्या दोब्बर बनाउने, रिक्त पदपूर्ति र सल्लाकारहरुको मनोनयन गर्न सचिवालयालाई जिम्मेवारी हस्तान्तरण गर्ने, सदस्यता शुल्क तथा लेभी नियमित गर्ने निर्णय पनि गरेको छ ।
मन्चले छिट्टै एक दिवसीय योजना तर्जुमा कार्यशाला गर्दै २ वर्षे अल्पकालिन र दीर्घकालिन योजना तर्जुमा गर्ने निर्णय गरेको छ ।
बैठकमा वार्षिक क्यालेण्डर बनाई समाजमा एक सशक्त संगठनको रुपमा अघि बढाउंदै आगामी ३ महिनाभित्र संगठनको वेबसाइट बनाउने, Austria Business Run मा परोपकारी उद्देश्यकासाथ सहभागी हुने, आर्थिक आत्मनिर्भरताबारे कुनै ठोस योजनासहित अर्को बैठकमा प्रस्तुत हुने र कुनै समसामयिक विषयमा एक भर्जुअल कार्यक्रम गर्ने समेत निर्णय भएको छ ।
उता, बैठकले गत जुन २३ मा प्रवासी नेपाली मन्च राष्ट्रिय कमिटी अष्ट्रियाको ७ औं राष्ट्रिय अधिवेशन सम्पन्न गर्न प्रमुख अतिथिको रुपमा सहभागी प्रवासी नेपाली मन्च अन्तराष्ट्रिय कमिटी अध्यक्ष संजय थापा, अष्ट्रिया ईन्चार्ज सरस्वती केसी, केन्द्रीय सदस्य कल्पना त्रिपाठी, केन्द्रीय सल्लाहकार परिषद उपाध्यक्ष रामशरण सिमखडा, राष्ट्रिय कमिटी स्पनेका अध्यक्ष केदार ढुङ्गाना, नेपाली दूतावास भियनाका प्रथम सचिव अनिल लम्साल, राष्ट्रिय कमिटी अमेरीकाका सदस्य श्रीमती पुनम थापा, एनआरएन अष्ट्रिया अध्यक्ष, आइसीसी सदस्य, सिंगो एनआरएन अष्ट्रिया परिवार, अष्ट्रियास्थित सामाजिक संघसंस्थाका अध्यक्षहरु तथा प्रतिनिधिहरु, व्यवसायी एवं सम्पूर्ण सहभागी तथा सहयोगीहरुलाई धन्यवाद ज्ञापन समेत गरेको छ ।
उक्त अधिवेशन अष्ट्रियाका लागि ऐतिहासिक र दुरगामी रुपमा संगठनलाई चलायमान बनाउन कोशेढुंगा सावित भएको ठहर बैठकको छ ।
बैठकमा अध्यक्ष थापा अलावा उपाध्यक्ष दिनेश बैदवार क्षेत्री, सचिव कृष्णकुमार श्रेष्ठ, सदस्य अनिता श्रेष्ठ र सल्लाहकार झबिन्द्र अर्यालको समेत उपस्थिति थियो भने राष्ट्रिय कमिटी ईन्चार्ज सरस्वती केसीले शुभकामना पठाएकी थिइन् । उक्त बैठक संचालन सचिव कृष्णकुमार श्रेष्ठले गरेका थिए ।
विगत केही समयदेखि राष्ट्रिय कमिटी अष्ट्रियामा विभिन्न रचनात्मक कार्य हुँदै आएको छ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५