आइतबार, भदौ २३, २०८१
01:09 | ०५:५४

राष्ट्रिय योजना आयोग उपाध्यक्षमा डा शिवराज अधिकारी नियुक्त

रासस जुलाइ २५, २०२४


काठमाडौँ – केपी शर्मा ओली नेतृत्वको नयाँ सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष र सदस्यहरूको मनोनयन गरेको छ ।

विहीबार सम्पन्न मन्त्रीपरिषद बैठकले आयोगको उपाध्यक्षमा पाल्पाका डा. शिवराज अधिकारीलाई नियुक्त गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बाले जानकारी दिए ।

उपाध्यक्ष नियुक्त अधिकारी त्रिभुवन विश्वविद्यालयमा अर्थशाष्त्र विषयका प्राध्यापक हुन् ।

बैठकले आयोगका सदस्यहरूमा डा. आरपी बिछार, डा. रमेशप्रसाद सिंह, डा. प्रकाशकुमार श्रेष्ठ, गीताकुमारी पौडेल अधिकारी, डा. जयबहादुर टण्डन र गङ्गादत्त अवस्थीलाई नियुक्त गरेको छ ।

सोही बैठकले सरकारको मुख्यसचिवमा इतिहासमै पहिलोपटक महिला नेतृत्व ल्याउँदै लिलादेवी गड्तौलालाई नियुक्त गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू