मंगलबार, पुष ९, २०८१
23:33 | ०५:१८

जय नेपाल इन्टरनेशनल फाउन्डेशनले ‘नेपालको संविधान संशोधन’ बारे वेबिनार गर्दै

नेपाली लिङ्क जुलाइ २५, २०२४


काठमाडौँ – जय नेपाल इन्टरनेशनल फाउन्डेशन अन्तर्गतको विश्व ज्ञान संजाल (ग्लोबल नलेज नेटवर्क) ले “नेपालको संविधान संशोधन: औचित्य र आवश्यकता” विषयक वेबिनार आयोजना गर्न लागेको छ।

नेपालका प्रमुख दुई दल नेपाली काँग्रेस र नेकपा एमालेले नयाँ सरकार बनाउँदा संविधान संशोधन गर्न सहमति गरेको भन्ने सन्दर्भमा यसको के कति औचित्य र आवश्यकता छ भन्ने विषयमा संस्थाले यो वेबिनार आयोजना गर्न लागेको अध्यक्ष डा. यादव पण्डितले बताए ।

वेबिनारमा संविधानविद् प्रा डा विपिन अधिकारी, क्षेत्री एण्ड एसोसिएट्स पीसीका संस्थापक खगेन्द्र जीसी र वरिष्ठ अधिवक्ता श्रीमती सविता भण्डारीले आफ्नो प्रस्तुति दिनेछन् । कार्यक्रमको सहजीकरण ग्लोवल नलेज नेटवर्कका संयोजक डा. निरज श्रेष्ठले गर्नेछन् ।

जय नेपाल इन्टरनेशनल फाउन्डेशन तथा जय नेपाल इन्टरनेशनल फाउन्डेशन नेपाल च्याप्टरले समसामयिक विषयमा अन्तरक्रिया तथा वेबिनारहरु आयोजना गर्दै आएका छन्।

कार्यक्रम विवरण:

मिति: अगस्ट ०३, २०२४ (शनिवार, १९ साउन २०८१ विसं ) समय : साँझ ८:०० बजे (नेपाल समय)

अमेरिकाज : अगस्ट ०३, २०२४ (शनिवार) समय: बिहान १०:१५ बजे (न्यू योर्क समय); बिहान ०७:१५ बजे (क्यालिफोर्निया समय)

कार्यक्रममा जोडिन:

जुम आइडी: – 961 2457 6062

पासवर्ड:-2024

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू