आइतबार, भदौ २३, २०८१
01:14 | ०५:५९

लन्डनका गायकद्वय पराजुली र घिमिरेको नयाँ नेपाली फ्यूजन ‘सम्झिराखन’ रिलिज

नेपाली लिङ्क जुलाइ २४, २०२४

लन्डन । बेलायतनिवासी गायकद्वय सुजन पराजुली र विजय घिमिरे (भिजे) को ‘सम्झिराखन’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

मानसिक स्वास्थ्यलाई मध्यनजर गर्दै तयार गरिएको भिडियो चलचित्र ‘फर्कि फर्कि’ का निर्देशक सुयोग गुरुङको निर्देशनमा तयार भएको हो ।

भिडियोमा किरन थापा र अभी वाग्लेको कोरियोग्राफी छ । अभिनयमा गायकद्वय सुजन र भिजेकै भूमिका छ । उक्त गीतको शब्द संगीत पनि गायकद्वय आफैंले गरेका हुन् ।

मानसिक स्वास्थ्यलाई समेटिएकाले गीत धेरैले मन पराएको गायकद्वयको दावी छ । ‘नेपाली संगीत क्षेत्रमा नौलो प्रयोग गरेका छौं, दर्शकले अझ बढी रुचाइदिने विश्वास छ’- गायक पराजुलीले भने ।

नेपाली पप र टिपिकल लोकगीत संयोजनको सुरुवात आफूहरुले गरेको गायक पराजुली बताउंछन् ।

अर्का गायक भिजे पनि निकै उत्साहित छन् । ‘नयाँ बाटो खुलेको छ,नेपाली फ्युजनको ट्रेन्ड आउनेमा हामी ढुक्क छौं’, उनी भन्छन् ।

भिडियोमा मानसिक स्वास्थ समस्याका कारण स्वर्ग लोकमा अस्वभाविक मृत्युदर बढेर व्यवस्थापन गर्न गाह्रो भएकाले रोकथामका लागि उनीहरु पृथ्वी लोकमा गएको र रोकथाम नियन्त्रण गर्न सफल भएको कथालाई आकर्षक ढङ्गले प्रस्तुत गर्न खोजिएको छ ।

भिडियो:

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू