मंगलबार, पुष ९, २०८१
01:14
|
०६:५९
नेपालमा छोराको सर्टिफिकेट निकाल्न मन्त्रीले नै ख्वाउंछन् घुस
रासस
जुलाइ २३, २०२४
काठमाडौं, साउन ८– गृहमन्त्री रमेश लेखकले पूर्वमन्त्री एवं सांसद वीरेन्द्र महतोले घुस दिएको विषय अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिइसकेको बताएका छन्।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा गृहमन्त्री लेखकले सांसद महतोले घुस दिएको विषयमा सांसदहरुले सदनमा उठाएका विषयमा सरकार गम्भीर रहेको भन्दै अनुसन्धान अघि बढाएको सदनलाई जानकारी दिए।
आफूले व्यक्तिगत रुपमै सांसद महतोसँग उक्त विषयमा जानकारी लिएको उनले बताए।
‘घुस प्रकरणमा तत्काल छानबिन थाल्न आदेश भएको छ। यो विषयलाई सरकारले गम्भीर रुपमा लिएको छ’, गृहमन्त्री लेखकले भने, ‘सदनमा एक सदस्यले आफ्नो छोराको सर्टिफिकेटको सन्दर्भमा विचौलीयालाई घुस दिएको कुरा उठाउनुभएको छ। मैले व्यक्तिगत रुपमा उहाँसँग कुरा गरेर घुस लिने मान्छे चिनाउन आग्रह गरेको छु।’
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५