आइतबार, भदौ २३, २०८१
01:05 | ०५:५०

राष्ट्रपतिमा डेमोक्र्याटिक पार्टीबाट समर्थन जुटाउंदै कमला ह्यारिस

रासस/सिन्ह्वा जुलाइ २३, २०२४

वासिङ्टन डिसी, साउन ८– अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले आसन्न राष्ट्रपति चुनावका लागि डेमोक्र्याटिक पार्टीबाट उम्मेद्वार बन्न पर्याप्त समर्थन रहेको बताएकी छन् ।

‘आफ्नो पार्टीबाट उम्मेद्वार बन्न आवश्यक समर्थन पाउँदा गौरवान्वित महसुस गरेको छु । म चाँडै औपचारिक रूपमा मनोनयन स्वीकार गर्नेछु’, ह्यारिसले एक विज्ञप्तिमार्फत बताइन् ।

डेमोक्र्याटिक पार्टीको बढ्दो दबाबका कारण अमेरिकी राष्ट्रपति जो बाइडेनले आइतबार सन् २०२४ को राष्ट्रपतिय चुनावी दौडबाट बाहिरिएको घोषणा गरेका थिए । बाइडेनले डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपति उम्मेद्वारका रूपमा ह्यारिसलाई आफ्नो पूर्ण समर्थन रहेको बताएका छन् ।

ह्यारिसले पूर्व सभामुख न्यान्सी पेलोसीसहित धेरै प्रमुख डेमोक्र्याटिक व्यक्तित्वको समर्थन प्राप्त गरेको जनाइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू