सोमबार, फागुन १२, २०८१
परराष्ट्रमन्त्री आरजुलाई एनआरएनए नन रेसिडेन्ट नेपाली एसोसिएसनको बधाईसहित शुभकामना


नेपाली लिङ्क
जुलाइ २३, २०२४
काठमाण्डौं- एनआरएनए नन रेसिडेन्ट नेपाली एसोसिएसनले नवनियुक्त परराष्ट्रमन्त्री आरजु राणा देउवालाई बधाईसहित कार्यकाल सफलताको शुभकामना दिएको छ ।
एशोसिएसनका अध्यक्ष माधव मरासिनीले परराष्ट्रमन्त्री देउवालाई इमेलमार्फत कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका छन् ।
गैर आवासीय नेपाली संघ नेपालको राजनैतिक अवस्था अस्थिर र जटिल बनेको समयमा परराष्ट्र मन्त्रालयमा राणा देउवा मन्त्रीका रुपमा पदस्थापन हुँदा नयाँ आशा जगाएको शुभकामना सन्देशमा उल्लेख छ ।
मरासिनीको अध्यक्षतामा अमेरिकामा क्रियाशील सो संस्थाले देउराली फाउण्डेशनमार्फत नेपालमा शिक्षा, स्वास्थ्य, सञ्चार र अन्य सामाजिक क्षेत्रमा आर्थिक सहायता र लगानी गर्दै आएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५