बेलायतको अल्डरसटमा नेपालीले शुरु गरे हिराको व्यापार


लण्डन । बेलायतको अल्डरसटमा ‘अनुग्रह बुलियन एण्ड डायमण्ड’ सप खुलेको छ । एक समारोहबीच गत सोमबार अनुग्रह बुलियन एण्ड डायमण्ड पसल उद्घाटन गरिएको हो ।
स्थानीय मेयर मारा माकुनुरा र अनुग्रहका सन्चालक सुमन राईले रिबन काटेर सप उद्घाटन गरेका हुन् ।
अल्डरसटमा नेपालीहरुको बाक्लो वस्ती भएसँगै विभिन्न समुदायका लागि पछिल्लो समयमा हिरा, श्वेत सुन, सुन र बहुमुल्य घडीहरुको आवश्यकता एवं समयको मागलाई ध्यानमा राखेर व्यापक तयारीका साथ ‘अनुग्रह बुलियन एण्ड डायमण्ड’ खोलिएको प्रमुख संचालक सुमन राईले बताए । यसबाहेक अनुग्रहका बेलायतमा दुई ब्रान्च छन् ।
अल्डरसटस्थित ‘अनुग्रह ज्वेलरी’ सुनचाँदी पसलका सञ्चालक सुमन राई तथा मुना राईको यो तेस्रो ब्रान्च हो जहाँ हिरा, मोती, श्वेत सुन (White Gold) तथा अन्य बहुमुल्य रत्नहरु, रोलेक्स, करटीयर जस्ता वहुमुल्य घडी एवं अर्डर बमोजिम आधुनिक सुनचाँदीका गहनाहरु शुपथ मूल्यमा उपलब्ध छन् । अनुग्रह बेलायतमा विश्वसनीय डिलर मानिन्छ I
आकाश सुनुवारले संचालन गरेको उक्त समारोहमा प्रमुख अतिथि मेयर मारा माकुनुरा, मेयरेस सल माकुनुरा तथा विशेष अतिथिहरु वरिष्ठ चलचित्र निर्माता/निर्देशक मिलन चाम्स, राजा चार्ल्सद्वारा एमबीइ (मेम्बर अफ ब्रिटिश एम्पायर) बाट विभूषित सर सुवास राई थिए । अन्य अतिथिहरुमा पूर्व काउन्सिलरहरु डेभिड क्लिफर्ड, जीव बेल्वासे, प्रवेश केसी साथै रेभरेन जोर्ज न्यूटन, मान गुरुङ, गेरी स्टाम्प, राजा थापा, लक्ष्मी राई लगायत अरु थुप्रै नेपालीको उपस्थिति थियो।
कार्यक्रममा उपस्थित अथितिहरुले अनुग्रह बुलियन एण्ड डायमण्डलाई व्यवसायिक सफलताको शुभकामना दिएका थिए ।
‘अनुग्रहको अर्थ समुदायप्रति विश्वास, वरदान र गहिरो प्रतिबद्धता जनाउंछ । सन् २०१५ मा साउथ इष्ट लण्डनको प्लमस्टेडमा पहिलो आउटलेट खोल्दादेखि अनुग्रह ज्वेलर्स लिमिटेडले ग्राहकहरूलाई उच्च गुणस्तरको सुन र परम्परागत गरगहना उपलब्ध गराउँदै सत्यनिष्ठाको ज्योति बनाएको छ ‘- संचालक सुमन राईका छोरा गौरवले आफनो स्वागत मन्तव्यमा बताए ।
गौरभले अगाडि भने, ‘हाम्रो नारा, ‘शुद्ध सुनको ग्यारेन्टी’ हामीले बेच्ने हरेक टुक्रामा हाम्रो अटल प्रतिज्ञालाई प्रतिबिम्बित गर्दछ । अनुग्रह ज्वेलर्स लिमिटेडको यो विस्तारले हामीलाई हाम्रो सबैभन्दा नयाँ उद्यम ‘अनुग्रह बुलियन’ यो विरासत जारी राख्दै सुन, हिरा र लक्जरी घडीहरू मात्र नभई ग्राहकका बहुमुल्य वस्तुहरु सुरक्षित राख्न अत्याधुनिक सुरक्षित बक्सहरू (भल्टस) को पनि सुविधा प्रदान गर्नेछ ।’
उनले लगानी र सुरक्षाका लागि अनुग्रह बुलियन ‘वान स्टप सप’ भएको पनि जनाए ।
अनुग्रह अनुग्रह फाउण्डेशनमार्फत परोपकारमा पनि संलग्न छ । उक्त गैर-नाफामूलक संस्था नेपालमा विपन्न व्यक्तिहरूको जीवन सुधार गर्न समर्पित रहेको सन्चालकहरु बताउंछन् ।
‘हामी न्यून आय भएका परिवारका बालबालिकालाई शिक्षा, छात्रवृत्ति र अन्य स्रोतहरू प्रदान गर्न केन्द्रित छौं ताकि उनीहरूको उज्ज्वल भविष्य सुनिश्चित होस्’, सन्चालक सुमन राईले भने ।
फाउण्डेशनले ग्रामीण क्षेत्रहरूमा स्वास्थ शिविरमार्फत निःशुल्क जाँच र आधारभूत स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।
यसबाहेक स्थानीय समुदायहरूसँग साझेदारी गर्दै सफा पानी, सरसफाइ र आश्रय उपलब्ध गराउने परियोजनाहरूमा काम गर्ने प्रतिवद्दता जनाउंदै राईले अनुग्रह एउटा ब्रान्ड मात्र नभई सकारात्मक परिवर्तनको शक्ति पनि रहेको बताए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५