आइतबार, भदौ २३, २०८१
01:18 | ०६:०३

‘घुमौँ भरतपुर २०२४ का ‘प्रचार दूत’ घिमिरे कतारमा

नेपाली लिङ्क जुलाइ २३, २०२४


कतार, दोहा । ‘घुमौं भरतपुर २०२४’ अभियानको विदेश विभागका प्रचारदूत दिवस घिमिरेले कतारमा उक्त अभियानको प्रचारप्रसार गरिरहेका छन्।

उनले कतार स्काउट्स एण्ड गाइड एसोसियसनका शेख जसिम करिम तथा अमीर अल-खायातलाई भेटेर चितवन भरतपुरको भ्रमण गर्न आमन्त्रण गरे।  

उनी दोहामा रहंदा कतार सरकारका अन्य अधिकारीहरुसंग पनि भेटघाट गर्ने कार्यक्रम छ।  

प्रचारदूत घिमिरेले कतारस्थित नेपाली संघसंस्थाका प्रतिनिधिहरुलाई पनि भेटेर यो अभियानमा सघाउन आग्रह गरेका छन् । 

उक्त अवसरमा शिक्षाविद् तथा उद्यमी घिमिरेलाई एनआरएनए कतारका अध्यक्ष रमेश भट्ट,एनआरएनए आइसीसी डेपुटी जेनेरल सेक्रेटरी प्रविन गुरूङ, ओभरसीज नेपाली फोरमका अध्यक्ष संजय श्रेष्ठ, जनसवाल राष्ट्रिय दैनिकका सम्पादक रामजी बगाले, नेपाली कांग्रेस जनसम्पर्क मन्च कतार लगायतले सम्मान गरेका थिए।

भरतपुर महानगरपालिकाले आयोजना गरेको ‘घुमौं भरतपुर २०२४’ अभियान अन्तर्गत ५० भन्दा बढी देशका विज्ञहरुलाई भरतपुरमा बोलाएर ‘भरतपुर पर्यटन विज्ञ सम्मेलन’ गर्ने तयारी भइरहेको पनि घिमिरेले बताए।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू