आइतबार, भदौ २३, २०८१
01:15 | ०६:००

गोर्खा संगठनबीच ध्रुवीकरण, सत्याग्रहविरुद्ध गेसो र बिजिडब्लुएस् (भिडियो)

नेपाली लिङ्क जुलाइ २१, २०२४


लन्डन । भूतपूर्व गोर्खाहरुका माग सम्बोधनका लागि बेलायत र नेपाल सरकार तथा गोर्खा प्रतिनिधिबीच सात चरणमा त्रिपक्षीय वार्ता भए तर निष्कर्ष निस्किएन ।

वार्ता चलिरहंदा बेलायत र नेपाल दुवैतिर सरकार परिवर्तन भए । बेलायतमा आमनिर्वाचन भएर लेबर नेता किअर स्टार्मरको नेतृत्वमा सरकार गठन भएको छ भने नेपालमा प्रचण्ड क्याबिनेट ढलेर केपी ओलीले सरकारको नेतृत्व लिएका छन् ।

दुवै मुलुकमा राजनीतिक परिवर्तनपछि अब त्रिपक्षीय वार्ता कसरी अगाडि बढ्ला भन्ने अन्यौल आम गोर्खाहरुमा व्याप्त छ । यसले गोर्खा संगठनहरुबीच ध्रुवीकरण समेत बढेको छ ।

गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले त वार्ता मार्च २७ मै बिना निचोड सकिइसकेको निष्कर्ष निकाल्दै आन्दोलनको चेतावनीसहित दुवै देशका सरकार प्रमुखलाई ज्ञापनपत्र दिइसकेको छ ।

तर गेसो, बिजिडब्लुएस एवं दुई जना अनसनकर्ताहरुले भने नेपाल र बेलायत सरकारका तर्फबाट वार्ता निरन्तर अगाडि बढ्छ भन्ने आश्वासन दिएकाले वार्ताबाटै समाधान खोजिनुपर्नेमा जोड दिएका छन् ।

ति संगठनले फेरि आन्दोलन वा आम हड्ताल गरेपनि समाधानका लागि अन्तमा वार्तामै फर्कनु पर्ने भएकाले अहिले माहोल नबिगार्न सत्याग्रह समितिलाई चेतावनी दिएका छन् ।

गेसो सभापति कृष्णकुमार राई, उपसभापति धर्म तामाङ र महासचिव नरहाङ राई, बिजिडब्लुएस अध्यक्ष मेजर रि. टिकेन्द्रदल देवान एवं अनसनकर्ताद्धय पुष्पा राणा घले र धन गुरुङले नेपाली लिंकको राउण्ड टेबल संवादमा जीटेन मतभेद, गोर्खाका 
ग्रीभेन्सेस् (गुनासा) मा बेलायतको ३५ बुंदे जवाफ र नेपालका तर्फबाट प्रतिउत्तर, भावी रणनीति, वार्ता सम्भावना आदि मुद्दामा विभिन्न कुरा उजागर गरेका छन् ।

हेरौं संवादः

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू