आइतबार, भदौ २३, २०८१
04:45 | ०९:३०

गल्कोट समाज यूकेको आठौँ वार्षिकोत्सव २९ जुलाईमा

नेपाली लिङ्क जुलाइ २०, २०२४

लन्डन । गल्कोट समाज यूकेको आठौँ वार्षिकोत्सव तथा भेटघाट कार्यक्रम यही जुलाई २९ तारिख सोमबार हुने भएको छ ।

वेष्ट ब्रोमिचस्थित दि कन्फरेन्स सुइटमा कार्यक्रम गर्ने तयारी भएको समाजका सचिव राजु बोहोराले जनाए ।

वार्षिकोत्सव समारोहमा नेपालका ख्यातिप्राप्त राष्ट्रिय कलाकारद्वय श्रीकृष्ण बम मल्ल र सम्झना लामिछाने मगरको विशेष गायन प्रस्तुतिसहित अन्य सांस्कृतिक कार्यक्रम एवं स्वादिष्ट भोजनसमेत रहनेछ ।

विगत वर्षहरु जस्तै यसपटक पनि कार्यक्रममा सहभागी भएर समाजलाई साथ, सहयोग र सुझाव प्रदान गर्न अध्यक्ष चन्द्र साहनी र सचिव बोहोराले अपिल गरेका छन् ।

गल्कोट समाज यूके मिडल्याण्डको एउटा क्रियाशील नेपाली सामाजिक संस्था मानिन्छ । समाजले गत अप्रिलमा मात्र आफ्नो संस्थागत भवन खरिद गरेको थियो ।

मिडल्यान्डको बर्मिङहम, वेष्ट ब्रमिचको सिग्नट रोडमा समाजले आफ्नो महत्वाकांक्षी प्रोजेक्टका रुपमा ‘गल्कोट हाउस’ खरिद गरेको हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू