आइतबार, भदौ २३, २०८१
01:19 | ०६:०४

निर्देशक प्रभु गुरुङको ‘नाकैको फुली’

नेपाली लिङ्क जुलाइ १६, २०२४

लन्डन । बेलायतवासी निर्देशक प्रभु गुरुङले ‘नाकैको फुली’ गीतको नयाँ म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । उक्त म्यूजिक भिडियो केही दिन अघिमात्र आर एण्ड ए इन्टरटेनमेन्टको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

शिवदास गुरुङ र लक्ष्मी गुरुङको अभिनय रहेको म्यूजिक भिडियोमा निर्देशन तथा कोरियोग्राफी प्रभु गुरुङको छ ।

रामप्रसाद गुरुङको शब्द तथा नन्दु गुरुङको संगीत रहेको यस गीतमा नन्दु गुरुङ र तारा श्रीस मगरले आवाज दिएका छन्।

निर्देशक गुरुङले यसअघि बेलायतबाटै दर्जनौं नेपाली म्यूजिक भिडियो निर्देशन गरिसकेका छन्। प्रवासमा बसेर पनि नेपाली गीत-संगीतलाई निरन्तरता दिंदै आएका गुरुङ नयां भिडियोलाई दर्शक श्रोताहरुले रुचाइदिने अपेक्षा गर्छन् ।

भिडियो-

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू