नेपाल पत्रकार महासंघ यूकेले मनायो १३ औं वार्षिकोत्सव


लन्डन । नेपाल पत्रकार महासंघ बेलायतले १३ औं वार्षिकोत्सव तथा स्थापना दिवस भव्य रुपमा मनाएको छ । आइतबार गोर्खा भवन फार्नबरोमा सम्पन्न शाखाको छैठौं अधिवेशनका अवसरमा शाखाले केक काटेर उल्लासपूर्वक वार्षिकोत्सव मनाएको हो ।
शाखाले १० औं वार्षिकोत्सवदेखि जुलाई १० लाई स्थापना दिवसका रुपमा मनाउन शुरु गरि यो पटक १३ औं वार्षिकोत्सव मनाएको हो ।
सन् २०२२ मा महासचिव नरेन्द्र बस्नेतको पहल र संयोजनमा जुलाई १० लाई स्थापना दिवस निर्धारण गरि एक भव्य कार्यक्रम गरिएको थियो । उक्त अवसरमा १० औं वार्षिकोत्सव विशेषांक ‘स्मारिका’ समेत प्रकाशित गरिएको थियो ।
स्थापना दिवसको निरन्तरता स्वरूप गत वर्ष पनि शाखाले १२औं वार्षिकोत्सव अवसर पारेर एक च्यारिटी डिनर नाइट गरेको थियो ।
सन् २०११ सालमा बेलायतस्थित सबै नेपाली पत्रकारका लागि साझा प्लेटफर्मका रुपमा महासंघको शाखा खोल्ने परिकल्पना गरिए अनुरुप सन् २०१२ जनवरी १४ मा नवीन पोखरेलको अध्यक्षताबाट शुरु भएको नेपाल पत्रकार महासंघ बेलायतमा छैटौं अधिवेशनले पहिलोपटक नेतृत्वमा महिला चुनेको छ । अधिवेशनमार्फत विमला सेने अध्यक्ष निर्वाचित भएकी छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५