आइतबार, भदौ २३, २०८१
01:05 | ०५:५०

इंग्ल्यान्डको युरोकप जित्ने सपना अधुरो, स्पेन चौंथोपटक च्याम्पियन

नेपाली लिङ्क जुलाइ १४, २०२४


लन्डन- फुटबलको जननी मुलुक इंग्ल्यान्ड पहिलोपटक युरोकपको उपाधि जित्ने अवसरबाट चुकेको छ ।

आइतबार राती बर्लिनमा सम्पन्न युरोकप च्याम्पियनसिप २०२४ को फाइनलमा इंग्ल्याण्डाई २-१ ले पराजित गर्दै स्पेन युरोकप विजेता बनेको हो।

स्पेन भने यो जीतसंगै चौंथोपटक युरोकप जित्ने एक मात्र मुलुक बनेको छ । स्पेन यसअघि सन् १९६४, २००८ र २०१२ मा पनि युरो च्याम्पियन बनिसकेको छ ।

पहिलोपटक युरोकप उपाधि जित्ने दाउमा रहेको इंग्ल्यान्ड अघिल्लो संस्करणको युरोकपमा पनि इंग्ल्यान्ड फाइनलसम्म पुगेर फ्रान्ससंग पराजित भएको थियो ।

त्यसअघि सन् १९६६ मा विश्वकप जितेको इंग्ल्याण्डले त्यसयता कुनै प्रमुख अन्तरराष्ट्रिय उपाधि जित्न सकेको थिएन ।

निकै प्रतिस्पर्धात्मक फाइनलको पहिलो हाफ बराबरीमा सकिएपनि दोस्रो हाफको दोस्रो मिनेटै स्पेनले गोल गर्दै अग्रता लिएको थियो ।

इंग्ल्याण्डका लागि सब्सिच्युटका रुपमा मैदान छिरेको २ मिनेटभित्रै कोल पाल्मरले गोल फर्काएपछि ७३ औं मिनेटमा खेल बराबरीमा आएको थियो । तर ८६ औं मिनेटमा स्पेनले निर्णायक गोल गर्दै उपाधि विजेता बन्न सफल भयो ।

इंग्ल्याण्डका खेलाडीहरुको मनोबल बढाउन प्रिन्स विलियम, प्रधानमन्त्री केयर स्टारमरलगायत बर्लिन पुगेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू