आइतबार, भदौ २३, २०८१
01:22 | ०६:०७

चुनावी र्‍यालीमा गोली प्रहार गरि ट्रम्पको हत्या प्रयास

नेपाली लिङ्क जुलाइ १४, २०२४

तस्विर- एपी

लन्डन, असार ३० गते । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ । शनिबार अमेरिकाको पेन्सिल्वेनियामा भएको एक चुनावी र्‍यालीमा ट्रम्पमाथि गोली प्रहार भएको हो ।

बीबीसीका अनुसार, गोली प्रहारबाट ट्रम्पको अनुहार र कानमा चोट लागेको छ । अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यहरूले उनको अवस्था सामान्य रहेको जनाएका छन् ।

गोली प्रहारबाट घाइते ट्रम्पलाई गुप्तचरहरूले नजिकैको अस्पताल लगेका थिए ।

आफैँले खोलेको सामाजिक सञ्जाल ‘ट्रूथ सोसल’ मा एउटा सन्देश लेख्दै ट्रम्पले आफू ‘सकुशल रहेको’ र स्थानीय स्वास्थ्य संस्थाले उपचार गरिरहेको उल्लेख गरेका छन् ।

ट्रम्पले लेखेका छन्, ‘‘सुइँय्य गरेको आवाज सुन्नेबित्तिकै मलाई केही गडबड छ भन्ने लाग्यो, गोली चलेको र मेरो छाला खुइल्याउँदै गोली गएको मलाई महसुस भयो। धेरै रगत बगेपछि के भएको हो भन्ने मैले थाहा पाएँ।’’

उनलाई बचाउन सुरक्षा अधिकारीहरू दौडादौड गरेको दृश्यबीच ट्रपको कान र अनुहारमा रगत बगेको स्पष्ट रूपमा देखिएको थियो।

उक्त घटनामा एक जना सन्दिग्ध व्यक्तिलाई ‘यूएस सिक्रेट सर्भिस’ का अधिकारीहरूले गोली हानेर हत्या गरिदिएको जानकारी उक्त निकायका प्रवक्ता एन्थोनी गुग्लिएल्मीले दिए ।

गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू