मंगलबार, पुष ९, २०८१
13:34 | १९:१९

राष्ट्रपतिद्वारा ७६ (२) बमोजिम सरकार गठनको आव्हान, ओली प्रधानमन्त्री बन्ने बाटो खुल्यो

नेपाली लिङ्क जुलाइ १२, २०२४


काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले संविधानविदहरुसँगको समेत परामर्शपछि संविधानको धारा ७६ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थन प्राप्त सरकार गठनका लागि आह्वान गरेका छन् ।

कांग्रेस र एमालेसहितको समर्थनमा अब एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने बाटो खुलेको छ ।

राष्ट्रपतिको आह्वान बमोजिम दुई दलले ओलीलाई प्रधानमन्त्री नियुक्ति गर्न प्रस्ताव लिएर शीतल निवास जाने भएका छन् ।

नयाँ सरकार गठनका लागि दाबी पेश गर्न राष्ट्रपति पौडेलले आइतबार साँझ ५ बजेसम्म समय दिएको शीतल निवासकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्तिमार्फत जानकारी दिएकी छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू