मंगलबार, पुष ९, २०८१
14:03
|
१९:४८
विश्वासको मत नपाएपछि पुष्पकमल दाहाल प्रधानमन्त्रीबाट पदमुक्त
नेपाली लिङ्क
जुलाइ १२, २०२४
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट विश्वास गुमाएका छन् ।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा विश्वासको मत नपाएपछि प्रचन्ड प्रधानमन्त्रीबाट पदमुक्त भएका छन् ।
प्रतिनिधिसभा बैठकमा उपस्थित २५८ मध्ये दाहालले लिएको विश्वासको मतको पक्षमा जम्मा ६३ मत र विपक्षमा १९४ मत परेको हो । मत दिन्न भन्नेमा १ मत परेको थियो ।
प्रधानमन्त्री बन्न आवश्यक १३८ मत प्राप्त नभएपछि उनी पदमुक्त भए ।
यसअघि आलोपालो कांग्रेस र एमालेको समर्थनमा चार पटकसम्म विश्वासको मत प्राप्त गर्न सफल दाहाल यसपटक भने असफल भएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम विश्वासको मतको प्रस्ताव राखेका थिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५