म्यानचेष्टरमा ‘नेपाल डे’ मनाइंदै


लन्डन । इंग्ल्याण्डको म्यानचेष्टरमा आउंदो २० जुलाईमा ‘नेपाल डे’ कार्यक्रम हुने भएको छ ।
म्यानचेष्टर म्यूजियममा आयोजना गरिने उक्त प्रदर्शनीमा नेपालको क्षेत्रीय, सांस्कृतिक, सामाजिक, धार्मिक र जातीय विविधता झल्काउने गरी म्यानचेष्टरमा बसोबास गर्ने नेपाली भाषी समुदायले दैनिक जीवनमा प्रयोग गर्ने सामग्रीहरुको प्रदर्शन गर्ने आयोजकले जनाएका छन्।
म्यानचेष्टर म्यूजियमको साउथ एसिया ग्यालरी तथा म्यानचेष्टर नेपाली समाजद्वारा संयुक्त रुपमा आयोजना गर्न लागिएको उक्त प्रदर्शनीमा नेपाली संस्कृति झल्काउने नाच, गीतसंगीत पनि प्रस्तुत गरिनेछन् ।
बिहान ११ देखि दिउसो ४ बजेसम्म हुने कार्यक्रममा डिजिटल फोटोग्राफी डिस्प्ले, योगा सेसन आदि पनि हुने जनाइएको छ ।
उक्त प्रदर्शनीले ब्रिटिश नागरिकहरुलाई नेपालको जनजीवन र संस्कृतिबारे जानकारी दिनुका साथै नेपालको पर्यटन प्रवर्धनमा पनि मद्दत पुग्ने आशा आयोजकले गरेका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५