आइतबार, भदौ २३, २०८१
01:06 | ०५:५१

इंग्ल्याण्ड युरोकप फाइनलमा, उपाधिका लागि स्पेनसंग भिड्ने

नेपाली लिङ्क जुलाइ १०, २०२४

तस्विर- रोयटर्स

लन्डन- जर्मनीमा जारी युरोकप २०२४ मा इंग्ल्याण्ड फाइनल प्रवेश गरेको छ ।

बुधबार बेलुका सम्पन्न सेमिफाइनलमा नेदरल्याण्डमाथि रोमाञ्चक जीत निकाल्दै इंग्ल्याण्डले लगातार दोस्रोपटक युरोकपको फाइनल यात्रा गरेको हो ।

अघिल्लो संस्करणको फाइनलमा फ्रान्ससंग पराजित हुंदै उपाधिबाट चुकेको इंग्ल्याण्डले आफ्नो पहिलो युरोकप उपाधिका लागि यही आइतबार हुने फाइनलमा स्पेनको सामना गर्नेछ ।

फाइनल प्रवेश गर्ने क्रममा इंग्ल्याण्डले नेदरल्याण्डलाई २-१ गोलले पराजित गर्‍यो।

खेलको सातौं मिनेटमा पहिलो गोल गर्दै नेदरल्याण्डले खेलमा अग्रता लिएको थियो । अठारौं मिनेटमा पाएको पेनाल्टी सदुपयोग गर्दै कप्तान ह्यारी केनले गोल फर्काएपछि इंग्ल्याण्डले खेल बराबरीमा ल्याएको थियो ।

खेलको निर्णायक गोल भने सब्सिच्युटका रुपमा मैदान आएका वाटकिन्जले खेलको ९० औं मिनेटमा गरेका थिए ।

उता, मंगलबार बेलुका सम्पन्न पहिलो सेमिफाइनलमा यसअघिको च्याम्पियन फ्रान्सलाई पराजीत गर्दै स्पेन फाइनल पुगेको थियो ।

फाइनल प्रतिस्पर्धी इंग्ल्याण्डले हालसम्म युरोकप उपाधि जितेको छैन । स्पेन भने सन् १९६४, २००८ र २०१२ मा गरी तीनपटक युरो च्याम्पियन बनिसकेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू