शुक्रबार, माघ ११, २०८१
23:19 | ०५:०४

बेलायतका पहिचान पक्षधरहरुले लिङ्देन नेतृत्व त्यागेर खोले नयाँ संगठन

नेपाली लिङ्क जुलाइ ८, २०२४


लन्डन- बेलायतमा रहेका पहिचान पक्षधरहरु मिलेर राष्ट्रिय पहिचान परिषद प्रवास यूके नामक नयाँ संस्था गठन गरेका छन् ।

कुमार लिङ्देन अध्यक्ष रहेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च त्यागेर  उनीहरुले नयाँ संगठन निर्माण गरेका हुन् 

गत जुलाई ६ तारिख शनिबार लन्डनस्थित फेल्थममा भएको भेलाले देवी बहादुर तुम्बाहाम्फेको अध्यक्षतामा ४५ केन्द्रीय सदस्यसहित राष्ट्रिय पहिचान परिषद प्रवास यूकेको केन्द्रीय समिति गठन भएको छ।

भेलाले उपाध्याक्षहरु रुपमान कुरुम्बाङ, यधुचन्द्र लावती, कुलदीप राई, कृष्णप्रसाद लिङ्देन, जगत सुहाङ, तेजप्रकाश लावती, खड्गजङ आङ्बुहाङ, रुद्र प्रसाद श्रेष्ठ, रामकुमार पोमु , चन्द्रकला आवाजुङ र हर्कजङ कुरुम्बाङलाई चुनेको छ ।

महासचिवमा लाल बहादुर लिङ्देन र उपमहासचिव दिपक तुम्बापो चुनिए । सचिवहरुमा तिलबिक्रम तावा, दिलबहादुर तुम्बाहाङ्फे, शेर बहादुर इङ्नाम, दल योङ्या, किशोर तिलिङ् चोङ्बाङ र धनबहादुर माबो छन् ।

कोषाध्यक्षमा थानकुमान नाल्बो र सह कोषाध्यक्ष दुर्गा खापुङ छानिए । सचिवालय सदस्यहरुमा चुडामणि तुम्बाहाङ्फे, टंक खापुङ, राम इजम र नरबहादुर कुरुङबाङ, चन्द्रबहादुर लिङदेन र कृष्णबहादुर कुरुङबाङ चुनिए ।


अघिल्लो सेसनमा पार्टीको नेतृत्वले विधि, विधान र प्रकृयालाई वेवास्ता गरी आर्थिक पारदर्शीता नदेखाएको र निजी सम्पत्तिको हैसियतमा संचालन गरेकोमा आपत्ति जनाउँदै सबै सदस्यहरुले पार्टी परित्याग गरेका थिए ।

संघीय लोकतान्त्रिक सामाजिक मंचका अध्यक्ष देवी बहादुर  तुम्बाहाम्फेले आफनो मन्तव्यसहित मन्च विघटनको घोषणा गरेका थिए ।

महासचिव राम ईजमको प्रस्तावमा संघीय लोकतान्त्रिक सामाजिक मञ्च, संघीय लिम्बुवान सामाजिक मञ्च नेपाल परित्यागको घोषणा सर्वसम्मतले पारित गरिएको थियो ।

राष्ट्रिय पहिचान परिषद प्रवास यूकेका अध्यक्ष देवी बहादुर तुम्बाहाङ्फेले सबैको पहिचानलाई बराबर सम्मान दिने बताउँदै कुमार लिङ्देनको कार्यशैली, व्यवहार र नेतृत्वको आलोचना गरे ।

२०६२ सालमा स्थापित संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च बेलायतमा सन् २००७ मा संघीय लोकतान्त्रिक सामाजिक मञ्च यूके र सन् २०१२ मा संघीय लिम्बुवान सामाजिक मञ्च यूके प्रवास समिति स्थापना भएको थियो ।

पार्टीका बेलायतवासी अग्रज नेता कार्यकर्ताले पार्टीको मूल मुद्धामाथि कुठाराघात गरेका कारण सामूहिक पार्टी परित्याग गर्नुपरेको धारणा राखेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू