यूके आमनिर्वाचनः एक्जिट पोलमा लेबरलाई ४१० सिट


लन्डन– बेलायतमा बिहीबार राती १० बजे मतदान सकिएसंगै एक्जिट पोलको नतिजा सार्वजनिक भएका छन् । १४ वर्षको कन्जरभेटिभ शासन अन्त्य गर्दै आम चुनावमा लेबरले भारी जित हासिल गरेको एक्जिट पोलले देखाएको छ ।
बीबीसी, स्काइ न्यूज र आइटिभी न्यूजका लागि इप्सोस यूकेले गरेको एक्जिट पोलमा प्रतिपक्षी लेबरले ४१० सिट ल्याउने प्रक्षेपण गरेको छ ।
सत्तारुढ कन्जरभेटिभले जम्मा १३१ सिट ल्याउने प्रक्षेपण पोलको छ । सन् २०१९ को आमनिर्वाचनमा कन्जरभेटिभले ३६५ सिट ल्याएको थियो ।
एक्जिट पोलका अनुसार लिब्डेमले ६१, रिफर्म यूकेले १३ सिट, स्कटिश नेशनल पार्टीले १०, प्लेड क्यामरुले ४, ग्रीनले २ र अन्यले १९ सिट ल्याउने प्रक्षेपण गरिएको छ ।
यस निर्वाचनमा बेलायतभरका कुल ६ सय ५० निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसदहरु निर्वाचित हुनेछन् ।
बेलायती संसद हाउस अफ कमन्समा वहुमतको सरकार बनाउन ३२६ सिट आवश्यक पर्छ ।
यो पनि पढौं: यूके आमनिर्वाचन: लेबर १४ वर्षपछि सत्तामा फर्किने अपेक्षा
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५