बेलायतमा आज आम निर्वाचन, मतदान जारी



बेलायतको नयाँ प्रधानमन्त्री बन्ने ठानिएका लेबर नेता सर केयर स्टार्मर पत्नीसहित मतदान केन्द्रमा जाँदै
लन्डन- बेलायतको आम निर्वाचनअन्तर्गत विहीबार मतदान भइरहेको छ । बिहान ७ बजे शुरु भएको मतदान बेलुका १० बजेसम्म जारी रहनेछ ।
मतदान सकिएपछि विहीबार रातीबाटै मतगणना शुरु हुने र भोली बिहानसम्म करिब सबै नतिजा प्राप्त हुने अपेक्षा छ ।
यो निर्वाचनमा बेलायतभरका कुल ६ सय ५० निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसदहरु निर्वाचित हुनेछन् ।
निर्वाचन मत परिणामपछि बहुमत सांसदको समर्थन प्राप्त गर्ने पार्टीको नेताले देशको नयाँ प्रधानमन्त्रीको जिम्मेवारी प्राप्त गर्नेछन् ।
यसपटकको निर्वाचनमा बेलायतको सार्वजनिक सेवाको स्थिति, जीवनयापनको लागत, कर, आप्रवासन र अर्थतन्त्र लगायत मुद्धामा आधारित भएर मतदाताले निर्णय लिने ठानिएको छ ।
मत सर्वेक्षणहरुले ऋषि सुनक नेतृत्वको सत्तारुढ कञ्जरभेटिभ पार्टीलाई पछि पार्दै विपक्षी लेबर पार्टीले हालसम्मकै उच्च स्थानसहित बहुमत प्राप्त गर्ने जनाएका छन् ।
यो पनि पढौं: यूके आमनिर्वाचन: लेबर १४ वर्षपछि सत्तामा फर्किने अपेक्षा
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५