मंगलबार, पुष ९, २०८१
13:50 | १९:३५

सरकार गठनका लागि मार्गप्रशस्त गर्न प्रधानमन्त्रीलाई एमालेको अनुरोध

रासस जुलाइ २, २०२४

काठमाडौँ, असार १८ गते। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संसदमा प्रतिनिधित्व गरेका राजनीतिक दललाई राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन आह्वान गरेको छ।

पार्टी कार्यालय च्यासलमा मंगलबार भएको सचिवालय बैठकले नेपाली कांग्रेससँगको सहमतिअनुरूप एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन हुने राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन ती दललाई आह्वान गरेको हो।

साथै बैठकले संविधानको धारा ७६ (२) बमोजिम सहमतिको सरकार गठनका लागि मार्गप्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई अनुरोध गरेको छ।

पार्टी सचिव योगेश भट्टराईका अनुसार नेपाली कांग्रेस र नेकपा (एमाले) बिच राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सहमतिको बैठकले स्वागत गरेको छ। साथै बैठकले प्रधानमन्त्री दाहाललाई नयाँ सरकार गठनका निम्ति बुधबारसम्म मार्गप्रशस्त गर्न आग्रह गरेको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू