बिहीबार, पुष २५, २०८१
19:51 | ०१:३६

बेलायती जेलबाट रिहा भए विकिलिक्स संस्थापक जुलियन असान्ज

रासस/एएफपी जुन २५, २०२४

वासिङ्टन, असार ११ – विकिलिक्स संस्थापक जुलियन असान्ज अमेरिकी अधिकारीहरूसँग अपील सम्झौतामा पुगेपछि सोमबार बेलायत जेलबाट रिहा भएको विकिलिक्सले जानकारी गराएको छ । यो सम्झौताले असान्जको लगभग १४ वर्षको कानूनी सङ्घर्ष अन्त्य भएको छ ।

‘जुलियन असान्ज स्वतन्त्र हुनुभएको छ’, विकिलिक्सले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जानकारी गराएको छ ।

असान्ज संयुक्त राज्य अमेरिकाको सैन्य गोपनीयता खुलासा गरेको मुद्दामा जारी सपुर्दगीबाट बच्न पाँच वर्षसम्म बेलायत हिरासतमा थिए ।

असान्ज स्थानीय समयअनुसार बुधबार बिहान अमेरिकी भूभागमा उपस्थित हुनेछन् । उनलाई बेलायतको जेलमा पाँच वर्ष र दुई महिना सेवा गरेको श्रेयसहित ६२ महिनाको जेल सजाय हुने अपेक्षा गरिएको छ। यसपश्चात उनी आफ्नो देश अस्ट्रेलिया फर्कन सक्नेछन् ।

सन् २०१० देखि वेबसाइट विकिलिक्सको प्रमुखका रूपमा लाखौँ गोप्य अमेरिकी कागजातहरू प्रकाशित गरेको आरोपमा वासिङ्टनले ५२ वर्षका प्रकाशक असान्जलाई खोजिरहेको थियो ।

अमेरिकाले असान्जलाई इराक र अफगानिस्तानमा भएको युद्धको बारेमा सैन्य गोपनीयताहरू खुलासा गरेको आरोपमा मुद्दा चलाउन खोजेको हो ।

असान्जलाई सन् २०१९ मा अमेरिकी सङ्घीय ग्रान्ड ज्युरीले विकिलिक्सले राष्ट्रिय सुरक्षा कागजातको प्रकाशनबाट उत्पन्न भएको १८ वटा अभियोगमा दोषी ठहर गरेको थियो ।

असान्जको परिवारले उनको स्वतन्त्रताका लागि गहिरो कृतज्ञता व्यक्त गरेका छन् । उनकी श्रीमती स्टेलाले अभियानकर्ताहरूलाई धन्यवाद दिँदै सामाजिक सञ्जाल एक्समा ‘शब्दहरूले हाम्रो अपार कृतज्ञता व्यक्त गर्न सक्दिन’ लेखेकी छन् ।

असान्ज संयुक्त राज्य अमेरिकामा सपुर्दगी गर्ने निर्णय अनुमोदन गर्ने फैसलालाई अपिल गर्न बेलायतको अदालतमा उपस्थित हुनु दुई हप्ता अघि सम्झौता घोषणा भएको हो ।

असान्ज सन् २०१९ अप्रिलदेखि लन्डनको उच्च सुरक्षा रहेको बेलमार्श जेलमा थिए ।

उनले सन् २००७ मा इराकमा अमेरिकी हेलिकोप्टरबाट गोली हानेर सर्वसाधारण मारिएको भिडियो प्रकाशन गरेका थिए । संयुक्त राज्य अमेरिकाले असान्जलाई १९१७ को जासुसी ऐनअन्तर्गत आरोप लगाएको हो ।

बेलायत सरकारले जून २०२२ मा अमेरिकी सपुर्दगीलाई स्वीकृति दिएको हो ।

उनले संयुक्त राज्य अमेरिकामा आफ्नो सपुर्दगीको विरूद्ध अपील गर्न सक्ने दुई बेलायती न्यायाधीशहरूले बताएका थिए ।

अमेरिकामा मुद्दा चलिरहेको विदेशीको रूपमा उनले अमेरिकी अभिव्यक्ति स्वतन्त्रताको अधिकार प्राप्त गर्न सक्ने वा नसक्ने प्रश्नलाई सम्बोधन गर्न अपील गरिएको थियो ।

राष्ट्रपति जो बाइडेनको असान्जविरुद्ध लामो समयदेखि चलिरहेको मुद्दा खारेज गर्ने बढ्दो दबाबबीच भएको यो अनुरोध सम्झौता पूर्ण रूपमा अप्रत्यासित थिएन ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू