बिहीबार, पुष २५, २०८१
20:17 | ०२:०२

प्रवासी नेपाली मञ्च अष्ट्रियाको अध्यक्षमा बाबा राजेश्वरी

नेपाली लिङ्क जुन २४, २०२४

भियना- नेकपा एमाले निकट प्रवासी नेपाली मञ्च अष्ट्रियाको  ७ औं अधिवेशनले अध्यक्षमा बाबा राजेश्वरी थापालाई चयन गरेको छ । आइतबार भियनामा सम्पन्न अधिवेशनले थापालाई अध्यक्ष चयन गरेको हो । 

थापा यस अघि सचिव थिइन् । उनी पर्यटन बोर्डका लागि मानार्थ सदस्य पनि हुन् ।

अधिवेशनले उपाध्यक्षमा दिनेश बैदवार क्षेत्री, सचिवमा कृष्ण कुमार श्रेष्ठ तथा सदस्यहरुमा कृष्ण दत्त भट्ट (केडी) आर्थिक विभाग प्रमुख, अनिता श्रेष्ठ, भावना प्रसाई र एलिजा श्रेष्ठसहितको नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

अधिवेशनका प्रमुख अतिथि प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष संजय थापाले देशको विधमान परिस्थिति र प्रवासी नेपालीहरुको जिम्मेवारीबारे आफ्नो धारणा राख्दै अष्ट्रिया राष्ट्रिय कमिटी सानो र थोरै सदस्य भएपनि यसले विगत केही वर्षमा उल्लेखनीय काम गरेको भन्दै खुशी ब्यक्त गरे । 

अर्का अतिथि अन्तर्राष्ट्रिय कमिटी सल्लाहकार परिषद उपाध्यक्ष तथा गैरआवासीय नेपाली संघ केन्द्रका उपाध्यक्ष रामशरण सिमखडाले कार्यक्रमको भब्यता र सृजनशीलताको प्रशंसा गर्दै अधिवेशनले विगत कामहरुको शुष्म समिक्षा गर्दै भावी योजना बनाउनु पर्नेमा जोड दिए । उनले एनआरएनको हालको विवादबारे पनि प्रकाश पारेका थिए ।


अधिवेशन उद्घाटन शत्रमा नेपाली दूतावास अष्ट्रियाका प्रथम सचिव अनिल लम्साल, प्रवासी नेपाली मंन्च अन्तराष्ट्रिय कमिटी सदस्य तथा अष्ट्रिया इन्चार्ज सरस्वती केसी, अर्का केन्द्रीय सदस्य क‍ल्पना त्रिपाठी, एनआरएनए अष्ट्रिया अध्यक्ष ध्रुव पौडेल, आइसीसी सदस्य मनोज बिष्ट, जनजाती महासंघ अष्ट्रिया अध्यक्ष मुक्त गुरुङ, समाजसेवी एवं ब्यवसायी बुद्धि तामाङ, इनास अष्ट्रियाका अध्यक्ष कुमार अधिकारी समेतले शुभकामना मन्तब्य दिएका थिए ।


सो अवसरमा विगत ३५ वर्षदेखि समाजमा विशिष्ट योगदान दिएका सामाजिक अभियन्ता रामबहादुर बिश्वकर्मालाई दोशल्ला ओढाइ सम्मान गरिएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू