बिहीबार, पुष २५, २०८१
11:10 | १६:५५

इजरायलद्वारा ९२ हजार विदेशी कामदारको कोटा स्वीकृत

रासस/एएनआई जुन २०, २०२४

तेलअभीभ

तेलअभीभ (इजरायल), असार ६ गते । श्रम अभावलाई सम्बोधन गर्न इजरायली अधिकारीहरूले कृषि, उद्योग, होटल र रेस्टुरेन्टमा रोजगारीका लागि ९२ हजार विदेशी कामदारको कोटा स्वीकृत गरेको प्रधानमन्त्री कार्यालयले मङ्गलबार घोषणा गरेको छ । इजरायलले रेस्टुरेन्ट उद्योगका लागि विदेशी कामदारलाई अनुमति दिएको यो पहिलो पटक हो ।

योजनाअन्तर्गत विशेष गरी कृषि मजदुरहरूका लागि ७० प्रतिशत कोटा छुट्याइएको छ । इजरायली कृषिले उत्पादन र श्रमशक्तिमा आश्चर्यजनक नोक्सानको सामना गरिरहेको छ ।

अक्टोबर–७ अघि इजरायलमा २९ हजार नौ सय विदेशीहरू रहेकोमा प्रायः खेत बगैँचा ग्रीनहाउस र प्याकिङ प्लान्टहरूमा काम गरिरहेका थिए ।

खाली ठाउँहरू भर्ने इजरायली कामदारहरूलाई सैन्य आरक्षित कर्तव्यका लागि बोलाइएको छ । प्यालेस्टिनी मजदुरहरूलाई हाल सुरक्षा जोखिमका रूपमा प्रतिबन्ध लगाइएको छ ।

धेरैजसो यस्ता क्षेत्रहरू लेबनानको सिमानाको दुई किलोमिटरभित्र छन् जहाँ किसानले स्वतन्त्र रूपमा खेत र बगैँचामा काम गर्नेगर्छन् । विदेशी कामदारले उद्योग तथा होटलमा श्रम आप”र्ति गर्ने योजनामा सुरुमा दुई हजार मानिसले पहिलो पटक रेस्टुरेन्टमा काम गर्नेछन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू