आइतबार, भदौ २३, २०८१
00:59 | ०५:४४

क्रिकेटको विश्व वरियतामा दीपेन्द्रसिंह ऐरीको छलाङ !

नेपाली लिङ्क जुन १९, २०२४


काठमाडौं- क्रिकेटको विश्व वरियतामा नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरीले अहिलेसम्मकै उच्च सफलता हासिल गरेका छन् ।

आइसीसीले मंगलबार जारी गरेको टी–ट्वान्टी इन्टरनेसनलको अलराउन्डरतर्फको वरियतामा यसअघि नवौं स्थानमा रहेका उनी छैठौं स्थानमा उक्लिएका हुन् ।

यस क्रममा उनले विश्व क्रिकेटका कयौं चर्चित स्टारहरुलाई समेत पछि पारेका छन् ।

अमेरिका र वेस्ट इन्डिजमा जारी टि–ट्वान्टी विश्वकपमा ऐरीले बंगलादेश, दक्षिण अफ्रिका र नेदरल्यान्ड्ससँगको खेलमा ३२ रन जोड्नुका साथै ६ विकेट लिएका थिए। ऐरीले ओमानमा भएको एसीसी प्रिमियर कप अन्तर्गत कतारविरुद्धको खेलमा ६ बलमा ६ छक्का प्रहार गर्दै नयाँ कीर्तिमान बनाएका थिए।

टी–ट्वान्टी इन्टरनेसनलतर्फ अलराउन्डरको पहिलो स्थानमा अस्ट्रेलियाका मार्कस स्टोईनेस, दोस्रोमा श्रीलंकाका वानिन्दु हसरंगा र तेस्रोमा बंगलादेशका शाकिब अल हसन रहेका छन् भने चौथोमा अफगानिस्तानका‌ मोहम्मद नाबी र पाँचौंमा जिम्बावेका सिकन्दर राजा छन्।

ऐरीभन्दा पछि क्रमशः भारतका हार्दिक पाण्डेय, इङ्ल्यान्डका लियाम लिभिङस्टोन, मोइन अली, दक्षिण अफ्रिकाका एडेन मारकम शीर्ष दशमा छन्।

नेपालका कुशल मल्ल विगतको भन्दा एक स्थान तल झरेर ३६ नम्बरमा छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू