बेलायतमा क्रमिक सुधार हुंदैछ मुद्रास्फीति



फाइल तस्विर
लन्डन- बेलायतमा मुद्रास्फीतिमा क्रमिक सुधार हुंदै गएको छ ।
गत मे महिनासम्मको एक वर्षको अवधिमा मुद्रास्फीति दर घटेर २ प्रतिशतमा झरेको छ । त्यसको एक महिनाअघिसम्मको एक वर्ष अवधिमा उक्त दर २ दशमलव ३ प्रतिशत थियो।
सार्वजनिक पछिल्लो मुद्रास्फीति दर बेलायतमा पछिल्लो तीन वर्षकै सबैभन्दा न्यून रहेको बीबीसीले जनाएको छ ।
बैंक अफ इंग्ल्यान्डले पनि उक्त अवधिमा पहिलोपटक आफ्नो लक्ष्यअनुसारको न्यून मुद्रास्फीति हासिल गरेको हो ।
मुद्रास्फीतिमा सुधार देखिएपनि बेलायतमा पछिल्लो समय आकाशिएको मूल्यवृद्धि भने नियन्त्रण हुन बाँकी छ । मुद्रास्फीति घट्नुले मूल्यवृद्धि हुने दर घट्दै गएको देखाएपनि मूल्य नै घटेको भने होइन ।
खाद्यसामग्री, सफ्ट ड्रिंक, फर्निचर, घरायसी उपभोगका सामग्री, मनोरञ्जन आदि क्षेत्रमा मूल्यवृद्धिको दर कम भएकाले न्यून मुद्रास्फीति हासिल भएको बताइएको छ ।
युक्रेनमा रुसी आक्रमणपछि सन् २०२२ अक्टोबरमा बेलायतमा सर्वाधिक उच्च मुद्रास्फीति दर ११ दशमलव १ प्रतिशत रेकर्ड भएको थियो ।
बेलायतमा आगामी जुलाई ४ मा हुने आम निर्वाचनको संघारमा सार्वजनिक मुद्रास्फीतिसम्बन्धी तथ्यांकलाई सत्तारुढ कञ्जरभेटिभ पार्टीले आफ्नो आर्थिक नीतिको प्रारम्भिक सफलताका रुपमा व्याख्या गरेको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५